भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चितवनमा पहिलोपटक आकासे पुल सञ्चालनमा


  • माघ ४, २०७७
  • 721 Views
चितवनमा पहिलोपटक आकासे पुल सञ्चालनमा image

चितवन ।  चितवनमा पहिलोपटक आकासे पुल सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टाँडीचोकमा निर्माण सम्पन्न गरिएको आकासे पुल जिल्लाकै पहिलो हो । रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको यो पुलको शनिबार रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरे ।

बजारलाई आधुनिकीकरण र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नगरको गौरवको योजनाभित्र राखेर आकासे पुल निर्माण गरिएको उनले बताए । ‘राजमार्गमा तीव्र गतिमा हिँड्ने सवारीसाधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरेका छौँ । पुलले सडक दुर्घटनामा कमी ल्याउनेछ भने सौराहा प्रवेशको मुखैमा रहेको यस पुल जिल्लाका लागि नयाँ आकर्षण पनि बन्नेछ,’ मेयर वनले भने ।

पूर्व–पश्चिम आवतजावत गर्ने सवारीसाधनलाई सहज हुने गरी ४२.३ मिटर लम्बाइ, ५.३ मिटर उचाइ, तीन मिटर चौडाइको फलामे संरचनाबाट पुल निर्माण गरिएको नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए । पुलको भुइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ । दुई करोड ३९ लाख ९२ हजार २७० रुपैयाँ लागतमा पुल निर्माण गरिएको गिरीले बताए ।

पुल निर्माणका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो । २ फागुन ०७६ मा पाँच महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का लगाइए पनि कोभिडका कारण पुस मसान्तसम्मका लागि पुल निर्माणको समय थप गरिएको थियो ।

नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.