भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चीनले अनुदानमा दिएको ४० लाख कोभिड खोप खेर जाँदै


  • बैशाख ५, २०८०
  • 296 Views
चीनले अनुदानमा दिएको ४० लाख कोभिड खोप खेर जाँदै image

काठमाडौं । कोभिडविरुद्धको खोप सिनोभ्याक–कोरोनाभ्याक प्रयोगमा नआउने देखिएको छ । चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल भित्रिएको थियो । सरकारले चीनबाट खोप ल्याउन विशेष विमान नै पठाएको थियो ।

खोप आइपुगेको एक वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । अब ८ महिनापछि यसको म्याद सकिँदै छ । खोपको ‘एक्सपायरी डेट’ दुई वर्ष रहेको छ । यो खोपले अस्पताल भर्ना दर ६४।६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको थियो ।

यो १८ वर्षमाथिका नागरिकमा मात्र लगाउन मिल्ने खोप हो । अधिकांशले बुस्टरका रूपमा प्रयोग गर्न नमिल्ने र पहिलो डोज लगाउन बाँकी जनसंख्या नरहेकाले खोप स्टकमै थन्किएको स्वास्थ्य अधिकारीहरू बताउँछन् । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले सुरुमा खोपको एकदमै अभाव र बढ्दो संक्रमणका बीच चीनबाट अनुदान पाएपछि यो खोप आएको बताए ।

स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको बुस्टर डोज (चौथो मात्रा) का रूपमा कोभ्याक्स सुविधामार्फत ३० लाख डोज फाइजर ‘बाइभ्यालेन्ट’ खोप ल्याइसकेको छ । नेपालमा हालसम्म अनुदान र खरिद गरी ६ करोड ६२ लाख ८० हजार ५५० डोज खोप भित्रिइसकेको छ । यो खबर आजको कान्तिपुरमा छ ।

 


Thali Mobile Pvt.Ltd.