भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

छठपछि लकडाउन माग


  • मंसिर ६, २०७७
  • 564 Views
छठपछि लकडाउन  माग image

ललितपुर : उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ। मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि बसेको बैठकले कडा लकडाउनको माग गरेका हुन्। बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित भएका थिए। बैठकमा १४ जना मेयरहरू मात्र उपस्थित रहेका जानकारी दिँदै महर्जनले भने, ‘उपस्थितमध्ये तीन, चारजनाले कडा रूपमा लकडाउनको माग गरेका थिए। तर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य भने न्युट्रल हुनुहुन्थ्यो।’ मेयरहरूले बन्द गर्ने हो भने एकदम प्रभावकारी तथा लक्ष्यसहितको हुनुपर्ने माग गरेका थिए।

कार्यक्रममा गृहमन्त्री थापाले छठपछि विधिपूर्वक लकडाउन गरिने आशय व्यक्त गरेको महर्जनको भनाइ छ। तर त्यसका लागि स्वास्थ मन्त्रालयको सिफारिस तथा गृह मन्त्रालयले प्रस्ताव लैजानुपर्ने उनले जनाए। ‘उक्त प्रस्ताव क्याबिनेटले पास गरे मात्र पुनः लकडाउन हुन सक्छ’ महर्जनले भने, ‘पहिलाको जस्तो हडतालको बन्द गरेर काम छैन।’ गृहमन्त्रीले सरकार पुनः लकडाउनमा जान सक्ने भावका साथ प्रस्तुति दिएका उनले बताए। समयसीमा भित्र कोरोना नियन्त्रणको लक्ष्य राखेर बन्द गरिनुपर्ने उनको धारणा छ।अन्नपूर्णपोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.