भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

छोराले हानेको मुक्काले बाबुको मृत्यु


  • आश्विन १९, २०७७
  • 570 Views
छोराले हानेको मुक्काले बाबुको मृत्यु image

तम्घास । गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा ६० बर्षिया दिल बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी जनकराज पन्थले जानकारी दिए ।

उनका छोरा २६ बर्षिया अनिल बस्नेतले आइतबार साझँ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई कुटपिट गरेका थिए । घाइते बस्नेतलाई थप उपचारको लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो । मुख र छातिमा भित्रि चोट लागेका दिल बहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गर्यो ।

तर, मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो । बिहान ३ः५५ मा उपचारका लागि बुटबल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको पन्थले जानकारी दिए । बुबालाई कुटपिट गर्ने छोरा भने फरार रहेका छन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.