भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जजिराको जहाज काठमाडौंबाट डाइभर्ट भएर गौतमबुद्ध विमानस्थलमा अवतरण


  • जेष्ठ ३१, २०७९
  • 398 Views
जजिराको जहाज काठमाडौंबाट डाइभर्ट भएर गौतमबुद्ध विमानस्थलमा अवतरण image

भैरहवा । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कुवेतबाट काठमाडौंका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो । जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो । गौतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलको भर पर्नुपर्थ्यो । राजधानी दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.