भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसे


  • माघ २४, २०७८
  • 436 Views
जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसे image

जुम्ला । जडीबुटी टिप्न गएका जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दा हिमपात भएपछि पाटनमा फसेका छन् । झन्डै दुई साताअघि सेतक चिनी टिप्न गएका ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा छन् । पाटनबाट फर्किने क्रममै भएको भारी हिमपातमा परी चिसोले दुई जनाको मृत्यु भएको छ । पाटनमा सेतक चिनी खिरौलो संकलन गर्न गएका तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावत र ८ की ३७ वर्षीया देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला र जाजरकोटको सीमाको धर्मशालामा अलपत्र परेका दुई जनाले भने आफूहरू सुरक्षित रहेको भन्दै खबर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जडीबुटी टिप्न गएका झन्डै ५५ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर अवतरण गर्ने ठाउँ नभएपछि खानेकुरा खसालेर फर्किएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाले बताए ।

हिउँमा फसेकालाई चिउरा, दालमोठ र चाउचाउलगायत खानेकुरा खसालिएको छ । ‘पाटनमा धेरै हिउँ भएकाले हेलिकोप्टर बस्न सकेन,’ उनले भने, ‘उनीहरूका लागि कम्तीमा २र३ दिन पुग्ने खाद्यान्न खसालिएको छ ।’ हिउँमा फसेकाहरूलाई गाउँ ल्याउनका लागि २र३ दिन अझै कुर्नुपर्ने देखिएको उनले बताए । हिमपातले लेकमै फसेकाहरू रहेको पाटन गाग्रा, एडिओडार र खोटीसल्लामा झन्डै ४ फिट हिउँ जमेको अनुमान छ । गाउँलेहरू दुई साताअघि सेतक चिनी संकलनका लागि पाटन क्षेत्रमा गएको जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

‘सुरुमा त ५५ जना फसेको जानकारी आयो,’ उनले भनिन्, ‘पछि हामीले प्रहरीमार्फत गाउँमा गएर तथ्यांक लिँदा ३४ जना अलपत्र रहेको पाइयो ।’ उनका अनुसार हिउँमा फसेकाहरूले हेलिकोप्टर पुग्दा हात हल्लाएर आफूहरू सकुशल रहेको संकेत दिएका थिए । हेलिकोप्टर पुग्दा अस्थायी टहराबाट धेरै जना बाहिर देखिएकाले सबै जना सुरक्षित रहेको अनुमान गरिएको हेलिकोप्टरमा गएर फर्किएका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले बताए । उनका अनुसार पाटनको हिउँमा फसेकाहरू ३ ठाउँमा अस्थायी टहरा बनाएर बसेका छन् ।

‘सेतक चिनी खोज्न पाटन जाने चलन पुरानै हो, यसपटक भारी हिमपातका कारण उनीहरू फसे,’ जुम्लाका स्थायी बासिन्दासमेत रहेका रोकायाले भने, ‘हेलिकोप्टरबाट हेर्दा सबै जना सुरक्षित नै छन् भन्ने देखियो । उनीहरू आवश्यक बन्दोबस्तीका सामानसहित त्यहाँ जाने गरेकाले अरू समस्या त देखिँदैन तर खाद्यान्नको समस्या हुन सक्ने अनुमान गरेर खानेकुरा खसालेका हौं ।’ उनीहरूका लागि खाद्यान्न मन्त्रालयले खरिद गरी सुर्खेतबाट लगेको थियो ।

अलपत्र परेकाहरूका लागि १ सय २६ किलो चिउरा, १ सय १० प्याकेट दालमोठ, ८ कार्टुन बिस्कुट र ४ कार्टुन चाउचाउ खसालिएको मन्त्रालयले जनाएको छ । ‘हेलिकोप्टर बसाउन १र२ पल्ट घुमायौं पनि,’ शाखा अधिकृत रोकायाले भने, ‘तर भिरालो ठाउँ र जताततै हिउँ जमेकाले हेलिकोप्टर नै डुब्ने जोखिम देखेर ल्यान्ड गर्न सकिएन ।’ हिउँमा फसेकाहरू केही दिन गाउँसम्म ओहरदोहर गर्न नपाए पनि उनीहरू बर्सेनि त्यस क्षेत्रमा जडीबुटी टिप्न जाने गरेकाले यस्ता समस्यासँग जानकार रहेको उनको भनाइ छ । हिउँ पग्लिएपछि पनि उनीहरू फर्कन नसके उद्धार गरिने उनले जानकारी दिए । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.