भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जाजरकोटमा सुत्केरी हुन नसकेर महिलाको मृत्यु


  • असार ८, २०८०
  • 308 Views
जाजरकोटमा सुत्केरी हुन नसकेर महिलाको मृत्यु image

जाजरकोट ।  जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु भएको छ । सुरक्षित सुत्केरी सेवाको अभावमा जिल्लाको छेडागाड नगरपालिका ८ रुवाकि ३२ बर्षीया सोविता गिरीको मृत्यु भएको हो ।

सुत्केरी बेथा लागेको लामो समयसम्म पनि उपचार नपाउँदा उहाँले अकालमै ज्यान गुमाउनु परेको स्थानीय शिक्षक गोरखबहादुर बुढाले जानकारी दिनुभयो । तीन घण्टा टाढा रहेको पजारु स्वास्थ्य संस्था लगिदिने मानिस नहुँदा र हेलचक्र्याइँ गर्दा उहाँको ज्यान गएको बुढाको भनाई छ । यस अघि नै दुई छोरा र एक छोरी जन्माई सकेकी उहाँको यो चौथो सुत्केरीको क्रम थियो ।

अति दुर्गम र विकट गाउँका कारण स्वास्थ्य संस्था नहुनु मुख्य समस्या भएको उहाँको भनाई छ । केही वर्ष अघि लडेर घाइते भएका श्रीमान् ज्ञानबहादुर गिरी र ससुरा समेत अशक्त हुनुहुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.