जाजरकोटमा सुत्केरी हुन नसकेर महिलाको मृत्यु


  • Jun 23, 2023
  • 103 Views
जाजरकोटमा सुत्केरी हुन नसकेर महिलाको मृत्यु image

जाजरकोट ।  जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु भएको छ । सुरक्षित सुत्केरी सेवाको अभावमा जिल्लाको छेडागाड नगरपालिका ८ रुवाकि ३२ बर्षीया सोविता गिरीको मृत्यु भएको हो ।

सुत्केरी बेथा लागेको लामो समयसम्म पनि उपचार नपाउँदा उहाँले अकालमै ज्यान गुमाउनु परेको स्थानीय शिक्षक गोरखबहादुर बुढाले जानकारी दिनुभयो । तीन घण्टा टाढा रहेको पजारु स्वास्थ्य संस्था लगिदिने मानिस नहुँदा र हेलचक्र्याइँ गर्दा उहाँको ज्यान गएको बुढाको भनाई छ । यस अघि नै दुई छोरा र एक छोरी जन्माई सकेकी उहाँको यो चौथो सुत्केरीको क्रम थियो ।

अति दुर्गम र विकट गाउँका कारण स्वास्थ्य संस्था नहुनु मुख्य समस्या भएको उहाँको भनाई छ । केही वर्ष अघि लडेर घाइते भएका श्रीमान् ज्ञानबहादुर गिरी र ससुरा समेत अशक्त हुनुहुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 


hotelghyampedanda