भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भन्यो स् दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन


  • मंसिर ८, २०८०
  • 131 Views
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भन्यो स् दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन image

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँ नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाललाई तीनकुनेमा कार्यक्रम गर्न नदिने भएको छ। प्रसाईंले काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार कार्यक्रम गर्ने उद्घोष गरेपनि गलत मनसायले कार्यक्रम गर्न लागिएको भन्दै काठमाडौं जिल्ला प्रशासनले अनुमति प्रदान नगरेको हो।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेलारजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ।’ सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता रविन्द्रप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन।’

नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने ब्यहोरा अवगत गराइन्छ।’

मंसिर ७ गते राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंको तीनकुने र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले काठमाडौंको बल्खुमा गरेको प्रदर्शन मूलतः शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रशासनको भनाई छ। विज्ञप्तिमा भनिएको छ,‘बल्खुमा प्रदर्शनकारीहरू उत्तेजित भई कार्यक्रमस्थलभन्दा बाहिर झुण्ड झुण्डमा बाँडिएर सामाजिक सद्भाव बिथोल्ने, कानून निषिद्ध, अराजक, हिंस्रक एवम् दङ्गा भड्काउने अभिव्यक्ति दिने, सुरक्षा संवेदनशील एवम् प्रचलित कानून बमोजिम रोक लगाएको क्षेत्रमा हुलहुज्जत सहित प्रवेश गर्ने र गलत मनसायले सुरक्षार्थ खटिएका सुरक्षाकर्मी माथि जीउज्यान समेत जाने गरी आक्रमण गर्दा समेत संयमतापूर्वक सुरक्षाकर्मीले पानीको फोहोरा र केही सेल अश्रुग्यासको प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिई प्रदर्शनकारीलाई कार्यक्रम सम्पन्न गर्न सुरक्षा प्रदान गरिएको थियो।’

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने चेतावनी दिँदै प्रशासनले गैरकानूनी गतिविधिमा सहभागिता नजनाउन आग्रह गरेको छ। प्रसाईंले गणतन्त्रविरोधि अभियानको थालनी गरेपछि प्रशासनले कडाई गरेको हो। मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको समूहले राजतन्त्र पुनर्स्थापना नभएसम्म निरन्तर आन्दोलनमा रहने उद्घोष गरेको छ। प्रसाईँले बिहीबार शुक्रबारदेखि हरेक दिन तीनकुनेमा भेला भएर आन्दोलन गर्ने र राजनीतिक दलका नेताका घर र सिंहदरबार घेर्ने उद्घोष गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट…


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.