भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

डोल्पामा डढेलोले सातामै लियो ६ को ज्यान


  • बैशाख २, २०८१
  • 233 Views
डोल्पामा डढेलोले सातामै लियो ६ को ज्यान image

डोल्पा । डोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन बालक गरी ६ जनाको ज्यान गएको हो ।

डढेलोमा परी घाइते सेनाका प्युठको काठमाडौंमा उपचार भइरहेको छ । गुच्ची च्याउ टिप्न गएका तीन बालक २९ चैतमा त्रिपुरासुन्दर नगरपालिका– ४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका थिए । १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रजिअ दाहालले जानकारी दिए ।

सोही घटनामा घाइते भएका १० वर्षीय सुलस बुढाको ३० चैतमा जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको थियो । आगलागीमा परी एकै गाउँका तीन बालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको त्रिपुरासुन्दरी– ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । ‘यसपटक गाउँमा नयाँ वर्ष मनाउन पाइएन,’ उनले भने ।

डढेलो निभाउन गएका तीन सैनिकको ज्यान गयो, एक सिकिस्त

बालकको ज्यान जाने गरी भएको घटनाको तीन दिनअघि मात्र डढेलोबाट डोल्पामै तीन सैनिकको ज्यान गएको थियो । २६ चैतमा ठूलीभेरी नगरपालिका– ४ स्थित मस्टा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएका सेनाको देवीदत्त गुल्म ‘क’मा कार्यरत सैनिक घाइते भएका थिए ।

जुम्लाका सिपाही हेमन्त रावल, २३ वर्षीय जवान आशिष बुढा र काभ्रे घर भएका ३८ वर्षीय जमदार केशरबहादुर जर्गामगरको मृत्यु भएको थियो । रावलको जिल्ला अस्पताल दुनैमा तथा बुढा र मगरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत सुर्खेत जरबुटाका प्युठ विजय कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि खतरामुक्त नभएको चिकित्सकले जनाएको प्रजिअ दाहालले बताए । ‘चिकित्सकले घाइते सैनिकको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अझैँ खतरामुक्त नभएको जानकारी गराउनुभएको छ,’ प्रजिअ दाहालले भने ।

डोल्पाको विभिन्न सामुदायिक वनमा केही दिनदेखि डढेलो सल्किएको छ । वनमा लागेको डढेलो नियन्त्रण गर्न नेपाली सेनाका दुईवटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिए पनि नियन्त्रणमा आउन सकेको छैन ।

जलनका बिरामीलाई काठमाडौं लैजानुपर्ने बाध्यता छ स् डा। अखण्ड उपाध्याय जिल्ला अस्पताल डोल्पा
डढेलोमा परेर ज्यान गुमाउने विपन्न हुन् । च्याउ, जडीबुटी खोज्न गएकाहरू डढेलोमा पर्ने गरेका छन् । डोल्पामै डढेलो निभाउन गएका सैनिक पनि परे । यो विपन्नमाथि बढी आइलाग्ने समस्या हो । तालिमप्राप्त व्यक्तिले आगो, डढेलो निभाउनुपर्छ । कपडा, रुखका हाँगा, माटोले वनजंगलको डढेलो निभाउन खोज्नु मूर्खता हुन्छ ।

डढेलो निभाउँदा हावा कतातिर चलेको छ भनेर पनि ख्याल गर्नुपर्छ । शरीरमा आगो लागिसकेपछि छालामा पोलेजस्तो देखिए पनि धेरै क्षति भएको हुन सक्छ । जलन भइसकेपछि पहिलो १२ घण्टा निकै महत्वपूर्ण हुन्छ । घाइतेलाई पर्याप्त पानी, प्राथमिक उपचार चाहिन्छ । जलन कम भए पनि धूवाँका कारण श्वास फेर्न गाह्रो हुन्छ । बाहिर सामान्य देखिए पनि जलनका कारण स्वरनली सुन्निने हुन्छ ।

जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र मात्र होइन ठूला अस्पतालमा पनि जलनको विशिष्टीकृत उपचार सेवा छैन, छुट्टै जनशक्ति छैन । सामान्य जलन हुँदा पनि उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता छ । आगो, डढेलोबाट घाइते भएकालाई हेलिकोप्टर चार्टर गरेर लैजान १२–१५ लाख खर्च हुन्छ । त्यो पैसा पालिका, प्रदेश सरकार वा नेपाल सरकार जसले व्यहोरे पनि ठूलो पैसा खर्च भइरहेको छ । बरु सरकारले हरेक प्रदेशमा जलनका बिरामीका लागि विशिष्टीकृत उपचार सेवा सुरु गर्नुपर्छ । हरेक ठूला अस्पतालमा जलनका बिरामीका लागि बेड छुट्याउनुपर्छ । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.