भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तानसेनले वितरण गर्‍यो कुहिएको मकैको बीउ


  • चैत्र ८, २०७९
  • 309 Views
तानसेनले वितरण गर्‍यो कुहिएको मकैको बीउ image

पाल्पा । नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो । नगरपालिकाका विभिन्न वडामा वितरण गरिएको साढे ६ टन मनकामना–३, जातको मकैको बीउ कुहिएको तानसेन–९, का किसान दिनेश पाण्डेयले बताउनुभयो ।

नगरपालिकाले अनुदानमा वितरण गरेको मकैको बीउ नाथ्रा कुहिएको छ पाण्डेयले भन्नुभयो तत्काल छानबिन गर्नुपर्छ । तानसेन नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नगरका अधिकांश वडामा मकै तथा अन्य तरकारीका बीउ वितरण गरिरहेको छ । तर मकैको बीउ कुहिएको बाँडिएपछि किसान आक्रोशित बनेका छन् । बाँडिएको मकैको बीउ ७५ प्रतिशत उम्रन नसक्ने खालको रहेको किसानको भनाई छ ।

तानसेन नगरपालिकाले भने मकैको बीउ शिव गुफा साना किसान सहकारी संस्था लिमिटेड जुगरा–४, रोल्पाबाट आएको जनाएको छ । यद्यपि यो बीउ ढुवानी तथा नगरपालिकालाई उपलब्ध गराउने जिम्मा भने तानसेनस्थित भण्डारी एग्रोभेट सेन्टरले पाएको नगरपालिकाका कृषि शाखाका नायव सहायक प्राविधिक सरोज तिमिल्सिनाले जानकारी दिनुभयो ।

नगरपालिकामा सात टन मकैको बीउ ल्याउने जिम्मा तानसेनको भण्डारी एग्रोभेट सेन्टरको हो तिमिल्सिनाले भन्नुभयो । केही बोरा मकैको बीउ कुहिएको भेटियो उहाँले भन्नुभयो कुहिएका बीउ फिर्ता गराउँछौँ । नगरपालिकाका अनुसार प्रतिकेजी मकैको बीउको १२० रुपियाँ परेको छ । जसमा नगरपालिकाको ६० र किसानको ६० रुपियाँ परेको छ । केही किसानले मकैको बीउ वितरणमा तानसेनकै सप्लायर्सले बदमासी गरेको हुन सक्ने बताएका छन् ।

तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले भने कुहिएको मकैको बीउ वितरण भएको भन्ने गुनासो किसानबाट आएको बताउनुभयो । उहाँले वितरण भएको केही बीउमा समस्या भएको हुन सक्ने बताउनुभयो । मकैको बीउ कुहिएको विषयमा छानबिन गरेर अगाडि बढ्ने आचार्यले बताउनुभयो । नगरपालिकाले हालसम्म साढे ६ टन मकैको बीउ वितरण गरिसकेको छ । तानसेन–९, वडाध्यक्ष राजेशकुमार अर्यालले नगरपालिकाबाट प्राप्त मकैको बीउ किसानलाई वितरण गरिएको बताउनुभयो । उहाँले नगरपालिकाबाट खरिद गरिएको बीउ कुहिएको पाइएको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.