काठमाडौँ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई आर्थिक वर्षमा कोभिड महामारीका कारण काम हुन समस्या परेको थियो। चालु आवमा भने सरकारलाई काम गर्न कुनै अवरोध छैन। चालु बजेटको पूर्ण आकार आउन केही समय लागेको थियो। तर पुँजीगत खर्च नबढ्नुमा यही मात्र कारण अवश्य होइन।
मन्त्रालयले भने तीन आर्थिक वर्षका सूचकहरूलाई सामान्य वर्षका रूपमा हेरेर तुलना गरेको देखिन्छ। अहिलेको सरकारले काम गर्न सकेको छैन। चालु आवका तथ्यांकलाई अघिल्ला दुई समस्याग्रस्त आवका तथ्यांकसँग तुलना गर्नु राजनीतिक बेइमानी हुनेछ। मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार गत दुई वर्षका तुलनामा चालु वर्ष आम्दानीतर्फ धनात्मक अवस्था देखिएको छ। आर्थिक वर्ष २०७६र७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७र७८ मा ४१।७३ प्रतिशत रहेको थियो। यस्तै चालु आर्थिक वर्ष २०७८र८९ को पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजश्व संकलन भएको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा छ। आर्थिक वर्ष २०७६र७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४.८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७र७८ को सोही अवधिमा १४.४० भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तसम्म भने पुँजीगत खर्च १३.४४ प्रतिशत भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ९६ प्रतिशत कम हो।
मन्त्रालयले प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको दावी गरेको छ। चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको बताएको छ । आर्थिक वर्ष २०७६र७७ को पुस मसान्तसम्म चालु खर्च ३२.३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२.४४ रहेको थियो। आर्थिक वर्ष २०७७र७८ को सोही अवधिमा चालु खर्च ३६.०८ रहेकोमा वित्तीय खर्च १३.०६ भएको थियो।
यस्तै चालु आर्थिक वर्षको पुस मसान्तसम्म चालु खर्च ३८.१३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६.१२ प्रतिशत रहेको छ। वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ। नागरिक दैनिकबाट………
