भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

थपिएन अझै एमक्यापको म्याद


  • माघ ३, २०७८
  • 641 Views
थपिएन अझै एमक्यापको म्याद image

गोरखा । प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना९एमक्याप०को म्याद सकिएको डेढ वर्ष भइसक्यो तर अहिलेसम्म म्याद थपिएको छैन। यसको असर प्राकृतिक सम्पदाको व्यवस्थापनमा देखिएको छ। जडीबुटी संकलन, ओसारपोसार तथा बिक्री वितरणका लागि पुर्जी बन्द हुँदा थप समस्या भएको स्थानीयवासीको गुनासो छ। ‘हाम्रो क्षेत्रको मुख्य आयस्रोत भनेको नै जडीबुटीहरू हो। यसअघि एमक्यापमा पुर्जी काटेर जडीबुटी संकलन र ओसारपोसार गरिन्थ्यो’, चुमनुब्री गाउँपालिका–१ का कर्मा छेवाङ लामा भन्छन्, ‘तर अहिले पुर्जी काट्न नपाउँदा हाम्रो ठाउँमा जडीबुटी संकलन गर्न पनि पाएको छैन। ओसारपोसार गर्न पनि पाएको छैन।’

यसअघि एक जनाले पुर्जी बिना कुड्की संकलन र ओसारपोसार गर्दा पक्राउ पर्नुपरेको उनले बताए। ‘कि पुर्जी दिने कुनै निकाय हुनुपर्‍यो, होइन भने पुर्जी नलिई संकलन गर्न पाउनु पर्‍यो’, उनी भन्छन्, ‘म्याद सकिए पनि मनाङमा एक्यापले पुर्जी दिन्छ तर हाम्रो एमक्यापले मात्र न पुर्जी दिन्छ, न पुर्जी नलिई जडीबुटी संकलन गर्न पाइन्छ।’ एमक्यापको म्याद थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा थन्किँदा ती क्षेत्रको व्यवस्थापनमा अन्योल भएको आयोजनाले बताएको छ।

‘एमक्यापले यहाँको आर्थिक विकास सँगसँगै यहाँका प्राकृति स्रोत र वन्यजन्तुको संरक्षण पनि गर्दै आएको छ। तर, आयोजनाको म्याद थप हुन सकेको छैन’, आयोजनाका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले भने, ‘जसले गर्दा कानुनी रूपमा एमक्यापले काम गर्न पाएको छैन। दिगो व्यवस्थापनका लागि कार्यक्रम अगाडि बढाउन सकेको छैन।’ अन्नपूर्ण पोष्ट दैनिकबाट……..

 


Thali Mobile Pvt.Ltd.