DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘दलाई लामाको अफिस बन्द गर्ने मै हो, चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुँदैन’


  • जेष्ठ २१, २०७९
  • 401 Views
‘दलाई लामाको अफिस बन्द गर्ने मै हो, चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुँदैन’ image

काठमाडौँ । प्रमुख प्रतिपक्षीलगायतका दलहरूले छिमेकी चीनसँगको सम्बन्धको सन्तुलन गुमाएको भन्दै आलोचना गरिररहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले चीनबारे नेपालको धारणामा कुनै बदलाव नआएको स्पष्ट पारेका छन् तिब्बती शरणार्थी मामिला हेर्ने अमेरिकी अमेरिकी उपमन्त्री उज्रा जियाले जेठ पहिलो साता नेपाल भ्रमण गरेको विषयमा समेत प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाउँदै सरकारप्रति संसद्‌मै आलोचना गरेको थियो । यही सन्दर्भतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले शनिबार कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा तिब्बती शरणार्थीको कार्यालय आफैले बन्द गराएको घटना समेत स्मरण गरे ।

‘चीनको सम्बन्धमा कुरा गर्ने हो भने एक चीन नीति हाम्रो पहिलेदेखि नै हो । अहिले पनि छ । कुरै गर्ने हो भने कोही कसैले हिम्मत नगरेको काम मैले गरेको हो । दलाई लामाको अफिस नै मैले बन्द गरेको हो । सबै प्रधानमन्त्री भएका हैनन् ? कसैले बन्द गरे ? त्यसैले चीनको सम्बन्धमा नेपाल प्रस्ट छ । नेपालको भूमि चीनको खिलाफमा कुनै हालतमा प्रयोग हुँदैन’ प्रधानमन्त्री देउवाले भने । २०६१ सालमा प्रधानमन्त्री भएका बेला देउवाले नेपालस्थित तिब्बती शरणार्थीको कार्यालय बन्द गराएका थिए ।

देउवा अहिले प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गरिसकेका छन् । केही समयपछि अमेरिकाको भ्रमण जाँदैछन् । उनले आफ्नो भारत भ्रमण र हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले नेपाल भारतको सम्बन्ध थप प्रगाढ बनाएको पनि बताए ।

कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.