भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दाङ देउखुरीको प्रख्यात नागेश्वरी मन्दिर


  • असार ३०, २०८०
  • 234 Views
दाङ देउखुरीको प्रख्यात नागेश्वरी मन्दिर image

दाङ । दाङको गोबरडिहा १ धानखोला, देउखुरीमा रहेको नागेश्वरी मन्दिर भक्तजनका लागि निकै नै प्रख्यात मानिन्छ ।  यो मन्दिर पूर्वबाट दाङ जाँदा पूर्वपश्चिम राजमार्गको बायाँ तर्फको पहाडको भित्तामा टाँसिएर रहेको छ । मन्दिरको गर्भ गृहमा आकर्षक शिवलिंग छ ।

यही शिवलिंगलाई स्थानीय भक्तजनहरू नागेश्वरीनाथ भनी पूजा अर्चना गर्दछन्। शिवलिंगको नजिकमा गणेश, हनुमान भगवान् लगायत विभिन्न देवदेवताहरुको मूर्ति समेत रहेको छ।

नागेश्वरीनाथको मूर्तिको माथि थुप्रै घण्टहरू झुन्डिएका छन्। यस मन्दिरका पुजारीका अनुसार पूर्वपश्चिम राजमार्गको निर्माणको क्रममा फेला परेको यस मूर्तिलाई त्यति बेला मन्दिर बनाई यही नै स्थापना गरियो। यसै मन्दिरको नजिकमा गुप्तेश्वर महादेवको मन्दिर पनि रहेको छ।

यस राजमार्गबाट ओहोर दोहोर गर्ने यात्रुहरू यस नागेशवरको दर्शन समेत गर्दछन्। साथै विभिन्न नेपालीहरूको विभिन्न चाडपर्वहरूमा यस मन्दिरमा स्थानीय भक्तजनहरूको भिड लाग्ने समेत पुजारी बताउँछन्। गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.