भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दुई दिनदेखि बिजुली अवरुद्ध, स्थानीय सञ्चारविहीन


  • जेष्ठ ३२, २०८०
  • 286 Views
दुई दिनदेखि बिजुली अवरुद्ध, स्थानीय सञ्चारविहीन image

सर्लाही । सर्लाहीको उत्तरी चुरेभेग र त्यस आसपासका बस्तीमा दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । मङ्गलवार रातिदेखि चुरे भेगका बस्ती र चुरे पाखा तल फेदीका बस्तीहरूमा बिजुली अवरुद्ध भएको हो । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका अर्थबहादुर बम्जनले आफूहरूको क्षेत्रमा मङ्गलबार रातिदेखि बिजुली अवरुद्ध भएकाले मोबाइल चार्ज गर्न समेत नपाएको गुनासो गर्नुभयो ।

चार्ज नभएर मोबाइल ‘अफ’ हुँदा स्थानीय सञ्चार सम्पर्कविहीन बनेका छन् । हावाहुरीले ठाउँ–ठाउँमै पोल भाँचिएको र तार लत्रिएर भुईँमा खसेकाले चुरे भेगमा विद्युत् अवरुद्ध भएको हो । बत्ती अवरुद्ध हुँदा कुटानि पिसानी गर्ने मिल र अन्य विद्युतीय उपकरणबाट हुने सम्पूर्ण काम ठप्प भएका छन् । स्थानीय वडा कार्यालय र अन्य सङ्घसंस्था तथा कार्यालयको कामकाज पनि प्रभावित बनेको छ ।

मङ्गलबार रातिको हावाहुरीले हरि वन नगरपालिका–१, बिलन्दीमा बिजुलीको पोल भाँचिदा दुई सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । हावाहुरीले पूर्व–पश्चिम राजमार्ग क्षेत्र र बजार भेगमा समेत व्यापक क्षति गरेकाले नेपाल विद्युत् प्राधिकरणका कर्मचारी गाउँतर्फ पस्न पाएका छैनन् । लालबन्दी वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले बुधवार दिउँसो पखको हावाहुरीले नवलपुरस्थित बागवानी जङ्गलमा दुई वटा रुख ढलेर ११ वटा पोलको तार लत्रिएकाले सबै प्राविधिकले त्यसैमा लागिपरिरहेका बताउनुभयो । उहाँका अनुसार हरि वन, हरिपुर, बागमती क्षेत्रमा भने बत्ती सुचारु नै छ ।

लालबन्दी क्षेत्रमा राति हरिपुरबाट तानिएको बत्ती जोडिएको भए पनि त्यताबाट पनि प्राविधिक समस्या आएपछि बिहीबार बिहानबाट फेरि बत्ती अवरुद्ध भएको उहाँले बताउनुभयो । बत्ती अवरुद्ध हुँदा जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा बिजुलीबाट हुने सबै काम ठप्प भएका छन् ।

वितरण केन्द्र प्रमुख साहका अनुसार मङ्गलवार रातिको हावाहुरीले लालबन्दी ६ स्थित फुटबल चौर क्षेत्र र लालबन्दी १७ रानिगञ्ज जङ्गल क्षेत्रमा बिजुलीको खम्बा र तारमा धेरै क्षति पुर्याएकाले मर्मतमा समय लागिरहेको छ । उहाँले बागवानी जङ्गल क्षेत्रमा लत्रिएको तार उठाएपछि प्राविधिक टोलीलाई भित्री बस्तीतर्फ परिचालन गरिने बताउनुभयो ।प्राधिकरणसँग प्राविधिक समेत थोरै हुँदा अहिले हावाहुरीको समस्यामा विद्युत् अवरुद्ध भएपछि सुचारु गर्न समय लाग्ने गरेको छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.