भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

धरानमा डेंगुबाट चार जनाको मृत्यु, बि।पी। प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन


  • श्रावण ८, २०८०
  • 230 Views
धरानमा डेंगुबाट चार जनाको मृत्यु, बि।पी। प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन image

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालन भएको छ । हालसम्म बिपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा।पोखरेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा जेठ २३ गते धरान १७ की ३० बर्सिया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको बताउनुभयो ।

धरान लगायत सुनसरी जिल्लाको वरपरका अन्य जिल्लाहरुमा व्यापक रुपमा डेंगु फैंलिदै गएपछि नियन्त्रण तथा सर्वसाधारणले सहज पुरमा उपचार गराउन बिपी प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा। चुरामणी पोखरेलले बताउनुभयो । उहाँको अनुसार असार २९ गते देखी श्रावण ७ गते सम्ममा ८ सय १९ जनाको परीक्षण गर्दा ६ सय १५ जनामा अर्थात् ७५ प्रतिशतमा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

बिपी प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा डेंगी देखिने गरेको छ । धरान ११, १५, १७ र १८ मा डेंगीको प्रकोप बढी देखिन्छ । ती वडाबाट आएका बिरामीको सङ्क्रमण बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिसतसम्म सङ्क्रमण देखिएको छ । प्रतिष्ठानको इमर्जेन्सीमा वा ओ।पी।डी।मा उपचारका लागि आएका डेंगुका बिरामीहरू मध्ये सिकिस्त बिरामीहरूलाई आई।सी।यु।

इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने बिपी प्रतिष्ठानका सह प्रवक्ता डा।पोखरेलले बताउनुभयो । स्थानीय सरकार नगर प्रमुख हर्कराज राईले धरान उपमहानगरपालिकाको डेंगुको प्रकोप रोकथामका लागि सबै वडालाई अभियान सुरु गर्न लागिएको बताउनुभयो । गोरखापत्र देनिकबाट…

 


Thali Mobile Pvt.Ltd.