भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

धरानमा डेंगुबाट चार जनाको मृत्यु, बि।पी। प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन


  • Jul 24, 2023
  • 102 Views
धरानमा डेंगुबाट चार जनाको मृत्यु, बि।पी। प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन image

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालन भएको छ । हालसम्म बिपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा।पोखरेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा जेठ २३ गते धरान १७ की ३० बर्सिया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको बताउनुभयो ।

धरान लगायत सुनसरी जिल्लाको वरपरका अन्य जिल्लाहरुमा व्यापक रुपमा डेंगु फैंलिदै गएपछि नियन्त्रण तथा सर्वसाधारणले सहज पुरमा उपचार गराउन बिपी प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा। चुरामणी पोखरेलले बताउनुभयो । उहाँको अनुसार असार २९ गते देखी श्रावण ७ गते सम्ममा ८ सय १९ जनाको परीक्षण गर्दा ६ सय १५ जनामा अर्थात् ७५ प्रतिशतमा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

बिपी प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा डेंगी देखिने गरेको छ । धरान ११, १५, १७ र १८ मा डेंगीको प्रकोप बढी देखिन्छ । ती वडाबाट आएका बिरामीको सङ्क्रमण बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिसतसम्म सङ्क्रमण देखिएको छ । प्रतिष्ठानको इमर्जेन्सीमा वा ओ।पी।डी।मा उपचारका लागि आएका डेंगुका बिरामीहरू मध्ये सिकिस्त बिरामीहरूलाई आई।सी।यु।

इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने बिपी प्रतिष्ठानका सह प्रवक्ता डा।पोखरेलले बताउनुभयो । स्थानीय सरकार नगर प्रमुख हर्कराज राईले धरान उपमहानगरपालिकाको डेंगुको प्रकोप रोकथामका लागि सबै वडालाई अभियान सुरु गर्न लागिएको बताउनुभयो । गोरखापत्र देनिकबाट…


hotelghyampedanda