भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नयाँ घर निर्माणमा आर्थिक मन्दीको असर


  • चैत्र ४, २०७९
  • 486 Views
नयाँ घर निर्माणमा आर्थिक मन्दीको असर image

हेटौंडा । हेटौंडामा नयाँ घरहरूको निर्माण घटेको छ। पछिल्लो समय तराईवासीको गन्तव्य बन्दै गएको हेटौंडामा यस वर्ष नयाँ भवन निर्माणमा कमी आएको हो। हेटौंडा उपमहानगरपालिकाको योजना तर्जुमा तथा पूर्वाधार विकास महाशाखा भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको २०७९ र ८० को माघ मसान्तसम्म २ सय ३३ भवन निर्माणको नक्सापास भएको छ। यही अवधिमा अघिल्लो आव २०७८÷०७९ मा करिब पाँच सयको संख्यामा नक्सापास भएको महाशाखाको तथ्यांक छ।

भवन निर्माणका आधारमा हेटौंडामा बसाइका लागि आउनेको संख्यामा पनि कमी आएको उपमहानगरको आकलन छ। चालू आवको माघसम्म २ सय ११ नक्सा इजाजत लिन पालिकामा पेस भएको महाशाखा प्रमुख सत्यनारायण साहले बताए। ‘११ वटा नक्सा म्याद थप भएको छ। चालू वर्षमा ६० नक्सा नामसारी भएका छन्’, उनले भने, ‘चालू आवको माघ मसान्तसम्म सार्वजनिक सडक र प्लानिङ स्वीकृतिको काम भएको छैन।’ साहका अनुसार चालू आवको माघ मसान्तसम्म सबैभन्दा बढी भवन निर्माण इजाजत हेटौंडा वडा– ५ मा ६२, वडा–८ मा ३३, वडा–७ मा २२, वडा– २ मा १२ र वडा– ६ मा ११ वटा रहेको छ। अन्य वडामा न्यून संख्यामा रहेको छ।

नक्सापास साउनमा सबैभन्दा बढी ४३, भदौमा ३०, असोजमा ४१, कात्तिकमा १५, मंसिरमा ३६, पुसमा ३७ र माघमा ३१ वटा भएका छन्। उपमहानगरको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा नक्सापास ७ सय ४९, नक्सा दर्ता ७ सय ४८, म्याद थप ४९, नक्सा नामसारी १ सय ९, सडक सार्वजनिक १४ र प्लानिङ स्वीकृत १३ वटा भएको थियो। अहिले नगरका १९ वटै वडामा न्यून संख्यामा भवन निर्माणको काम भए पनि लगानी अपुग हुँदा बनेका घरहरू पनि पूरा गर्न नसकेर म्याद थप गर्नका लागि निवेदन आएको महाशाखा प्रमुख साहले बताए।

अघिल्लो आवको तुलनामा चालू वर्षको सुरुबाटै देखिएको आर्थिक मन्दीका कारण भवन इजाजत लिने संख्यामा कमी आएको उपमहानगरका मेयर मीना लामाले बताइन्। ‘बैंक तथा वित्तीय संस्थाले लगानी नगरेसम्म भवन निर्माणको क्रम यस्तै रहन सक्छ’, उनले भनिन्। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.