भर्खरै : Sorry, your browser does not support inline SVG.
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नवौं प्रधानन्यायाधीश सिंहको निधन


  • फाल्गुन २०, २०७७
  • 568 Views
नवौं प्रधानन्यायाधीश सिंहको निधन image

काठमाण्डाैं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको छ। सर्वोच्चका नवौं प्रधानन्यायाधीशको ८९ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो। उनको निधनपछि बुधवार सर्वोच्च अदालतमा आकस्मिक वैठक बसेको थियो। वैठकले बिहिबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको छ।

सर्लाहीमा जन्मेका सिंह सेवामा रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न योगदान पुर्‍याएको सर्वोच्च अदालतले जनाएको छ। उनी १९८८ साल फागुन ३ मा जन्मेका थिए। संविधान र कानुनमा दख्खल राख्ने निर्भीक, सरल, विवेकशील, मृदुभाषी, न्यायिक व्यक्तित्व स्वर्गी सिंह आदर्श व्यक्ति रहेको सर्वोच्चले विज्ञप्तिमार्फत बताएको छ।

उनले २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म काम गरेका थिए। सिंहको निधनमा शोक मनाउन फागुन २० मा देशभरका अदालतमा शोक बिदाको रूपमा बन्द रहने सर्वोच्चको बुधबार बसेको आकस्मिक बैठकले निर्णय गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.