भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निर्माणको म्याद सकियो, काम ६५ प्रतिशत मात्रै


  • कार्तिक ११, २०७७
  • 527 Views
निर्माणको म्याद सकियो, काम ६५ प्रतिशत मात्रै image

बारा । पथलैया–वीरगंज व्यापारिक मार्ग निर्माणका विभिन्न सात वटा प्याकेजममा काम भइ रहेको छ । कुल ३१ किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि ठेक्का लगाइएका सातवटा योजना मध्ये छ वटा योजनाको म्याद समाप्त भएको छ तर हालसम्म जम्मा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सा सडक निर्माण कार्य निमा२०७३ असार २९ गतेदेखि शुरु भएको थियो । दुई वर्षमा निर्माण कार्य सम्पन्न हुने योजना अन्तर्गत पथलैयादेखि सुक्खा बन्दरगाहसम्म करिब ३१ किलोमिटर सडक कालोपत्र तथा १० वटा पुल र एउटा कल्र्भट निर्माण गर्नुपर्ने थियो । समग्रमा भन्दा अहिलेसम्म सात वटा योजना मध्ये छ वटा योजनाको म्याद समाप्त भई सकेको छ ।

एउटाको भने असारमा समाप्त हुँदैछ । सात वटा ठेकेदार कम्पनीले पथलैयादेखि सुक्खा बन्दरगाहसम्मको क्षेत्रमा कालोपत्र निर्माणको जिम्मा लिएका छन् । जसमा परवानीपुरदेखि गण्डक नहरसम्म ३.९२ किलोमिटरमा ५५ प्रतिशत, गण्डक नहरदेखि हरपतगंज चोकसम्म ३.५० किमिमा ८५ प्रतिशत र हरतपतगंज चोकदेखि सुक्खा बन्दरगाहसम्म ३.५० किमिमा ४५ प्रतिशत काम सकिएको व्यापारिक मार्ग वीरगंज–पथलैया आयोजना प्रमुख सञ्जय मिश्रले बताए ।

गतवर्ष नै कार्य सम्पन्न भइसक्नुपर्ने यो योजनाको काम पटकपटक म्याद थप भएर यसपटक असार मसान्तसम्मको अन्तिम म्याद दिइएको थियो तर, लकडाउनको कारण देखाउँदै पुनः म्याद थपको प्रयास भएको छ । अन्तिम पटकको लागि पुनः एकपटक म्याद थप गर्न आयोजना कार्यालयबाट बिभागमा सिफारिस भएको ईन्जिनियर दासले बताए । गोरखा पत्रबाट…

 


Thali Mobile Pvt.Ltd.