भर्खरै : Sorry, your browser does not support inline SVG.
मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा | एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु | बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प | ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन | बागमती प्रदेशमा ७०१ दरबन्दी कटौतीको तयारी, प्रशासनिक पुनर्संरचना अन्तिम चरणमा | औद्योगिक क्षेत्रका उद्योगलाई ७ दिनभित्र बक्यौता तिर्न निर्देशन, नतिरे कारबाहीको चेतावनी | प्रदेश र पालिकामा ४ खर्ब २४ अर्ब बजेट, मधेश र कर्णालीलाई सबैभन्दा बढी अनुदान | डिजिटल माध्यमबाट साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा पाउने |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निषेधाज्ञामै थपिए उपत्यकामा दोब्बर संक्रमित


  • भाद्र १८, २०७७
  • 420 Views
निषेधाज्ञामै थपिए उपत्यकामा दोब्बर संक्रमित image

काठमाडौं । निषेधाज्ञा लागू भएयता उपत्यकामा चार हजार ८५ मा संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये धेरै एकै परिवारका छन् । निषेधाज्ञा जारी हुँदा संक्रमण भएकाहरूले आफ्नै परिवारलाई मात्रै सारेका छन् । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन भन्छन्, ‘त्यसैले निषेधाज्ञाले भयावह हुनबाट केही हदसम्म रोकेको भन्न सकिन्छ ।’

१५ भदौमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना पोजिटिभ देखियो । त्यसअघि १२ भदौमा सांसद तथा उद्योगी विनोद चौधरीमा संक्रमण पुष्टि भयो । त्यसको भोलिपल्ट डा। भोला रिजाल दम्पतीको रिपोर्ट पनि पोजिटिभ आयो ।कोभिड–१९ संक्रमणका यी सबै हाइप्रोफाइल केस ४ भदौमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेपछि देखिएका हुन् ।

निषेधाज्ञा लागू गरिएको बुधबार दुई साता पूरा भएको छ । तर, निषेधाज्ञाका बाबजुद संक्रमण घट्नु साटो झन बढ्दो क्रममा छ । बरु निषेधाज्ञा जारी भएपछिका १४ दिनमा उपत्यकामा अघिल्लो ६ महिनामा भन्दा धेरै संक्रमित थपिएका छन् ।
निषेधाज्ञाका १४ दिनमा उपत्यकामा संक्रमण
४ भदौ – २००
५ भदौ – १८२
६ भदौ – २१६
७ भदौ – १५६
८ भदौ – २२४
९ भदौ- २३२
१० भदौ – ३०१
११ भदौ – ३७७
१२ भदौ- ४१५
१३ भदौ – १८६
१४ भदौ – ४२९
१५ भदौ – २९८
१६ भदौ-  ४८१
१७ भदौ – ३८८
नयाँ पत्रिका बाट…

 


Thali Mobile Pvt.Ltd.