भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपालमा एकैदिन आठ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


  • माघ २०, २०७८
  • 474 Views
नेपालमा एकैदिन आठ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप image

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप एकैदिन अहिलेसम्मकै धेरै प्रयोगमा आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार सात सय ९६ जनाले खोप लगाएका छन् । सरकारले यसअघि दैनिक पाँच लाखलाई खोप लगाउने बताए पनि लक्ष्य प्राप्ति हुन सकेको थिए । एकै दिन यति धेरै कोरोनाविरुद्धको खोप लगाएको रेकर्ड स्वास्थ्य मन्त्रालयमा थिएन । त्यसैले अघिल्ला दिन लगाएको खोपको विवरण पनि बुधबारको परेको हुन सक्ने आशंका मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले व्यक्त गरे ।

‘यसभन्दा अघि प्रयोगमा आएको खोप पनि कहीं आजको विवरणमा समावेश त गरिएको छैन भन्ने आशंका पनि छ,’ उनले भने । हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो कोरोनाविरुद्धको खोप लगाएका छन् भने ७४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै, कोरोनाविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार चार सय ७९ मात्रा प्रयोगमा आएको मन्त्रालयको तथ्यांक छ ।

पाँच वर्षमुनिका बालबालिकाका लागि खोप ल्याउने तयारी
फाइजरले पाँच वर्ष मुनिका बालबालिकाका लागि बायोटेक कम्पनीसँग मिलेर परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोप फेब्रुअरीको अन्तिमसम्म ल्याउने तयारी गरेको छ । हालसम्म परीक्षणमै रहेको खोप अपेक्षा गरिएभन्दा छिटो उपलब्ध हुनसक्ने फाइजरले जनाएको हो । उत्पादन कम्पनीहरूले ६ महिनादेखि पाँचवर्ष उमेर समूहमा आगामी मंगलबार आपत्कालीन प्रयोगको स्वीकृतिका लागि एफडिएलाई पठाइने जनाएका छन् ।

बालबालिकामा प्रयोगकालागि खोप ट्रायलकै क्रममा रहेपनि समयमै डाटा समीक्षा गर्न समय चाहिने भन्दै एफडिएले स्वीकृतिका लागि आवेदन पेस गर्न सुझाएको हो । कम्पनीहरूले खोपको तेस्रो डोजमा केही महिनायता परीक्षण गरिरहेको जनाएका छन् । खोपको दुई डोज बालबालिकाका लागि प्रभावकारी नदेखिएको भन्दै तेस्रो डोजमा ट्रायल सुरु गरेको थियो । तेस्रो डोजमा भने मार्चको अन्तिमसम्मै ट्रायल गरिने बताइएको छ । कम्पनीहरूले हाल दुई डोज प्रयोगमा ल्याउने तयारी थालेका हुन् । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.