भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपालमा पहिलो पटक नयाँ व्यवस्था : वैशाख २९ मा १८ वर्ष पुग्ने २३,८०० लाई मताधिकार


  • चैत्र २९, २०७८
  • 392 Views
नेपालमा पहिलो पटक नयाँ व्यवस्था : वैशाख २९ मा १८ वर्ष पुग्ने २३,८०० लाई मताधिकार image

काठमाडौं । स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्ने २३ हजार ८ सय जनाले यसपटक मत खसाल्न पाउने भएका छन्। यो व्यवस्था पहिलो पटक गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताउँछन्। यसअघि निर्वाचन घोषणाअघि १८ वर्ष पूरा गरेकालाई मात्रै मताधिकार दिइन्थ्यो। ‘नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी उमेर पुगेका मतदाताले मतदान गर्ने पाउने व्यवस्था गरेका छौं’, प्रवक्ता पौडेलले भने, ‘मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्न पाउने कानुनी व्यवस्था छ।’

शालिग्राम शर्मा पौडेल, प्रवक्ता, निर्वाचन आयोग

पौडेलका अनुसार यसपटक वैशाख २९ गतेलाई १८ वर्ष उमेर पूरा गर्ने दिनलाई निर्दिष्ट मिति ९कट अफ डेट० मान्दा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार पाएका छन्। यसमा पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५ सय ३० र अन्य १ सय ८३ जना छन्। अघिल्लो निर्वाचनभन्दा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन्।

छापियो ४५ लाख मतपत्र
आयोगका अनुसार २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ सकिएको छ। ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये २८ प्रकारका प्राप्त भइसकेको जनाइएको छ। यी सामान आयोग परिसरमा भण्डारण गरिएको छ। सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन्। वैशाख १५ पछि जिल्लामा ढुवानी गरिने सहप्रबक्ता सूर्यप्रसाद अर्यालले बताए।

सातै प्रदेशमा मिडिया अभिमुखीकरण
आयोगका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सातै प्रदेशमा चैत २९ गते मिडिया अभिमुखीकरण कार्यक्रम गरिने भएको छ। आचारसंहिता कार्यान्वयनबारे अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिइएको छ। वैशाख १ गतेदेखि स्थानीय तह निर्वाचन बुलेटिन प्रकाशन गरिने आयोगले जनाएको छ। १३ संघसंस्थाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने सम्बन्धमा प्रतिबद्धता जनाएका छन्।

डा.कोइरालालाई सोधियो स्पष्टीकरण
आयोगले कांग्रेस नेता डा। शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ। सात दिनभित्र जवाफ पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। नेता कोइरालाले चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति हालै दिएका थिए। उनको अभिव्यक्तिमाथि आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले २०७४ सालको प्रतिनिधिसभा चुनावमा उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो। तर, डा। कोइरालाले २१ लाख ७५ हजारको मात्रै पेस गरेको प्रवक्ता पौडेलले बताए। डा। कोइराला नवलपरासी बर्दघाट सुस्ता पूर्वको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। आचारसंहिता मिचेको गुनासो बढेपछि आयोगले एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ।

नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी उमेर पुगेका मतदाताले मतदान गर्ने पाउने व्यवस्था गरेका छौं । ( शालिग्राम शर्मा पौडेल, प्रवक्ता, निर्वाचन आयोग । अन्नपूर्ण पोष्ट दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.