भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

न्यायिक सम्मेलन गर्दै काठमाडौं महानगर


  • फाल्गुन १८, २०७९
  • 335 Views
न्यायिक सम्मेलन गर्दै काठमाडौं महानगर image

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी चैत तेस्रो साता न्यायिक सम्मेलन आयोजना गर्ने भएको छ । स्थानीय तहमा भइरहेको न्यायसम्पादनको अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा सहभागी हुने आग्रह गर्दै महानगरपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको छ । १५–१६ चैतमा हुने न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा सहभागी हुने–नहुनेबारे ३० फागुनभित्रै जानकारी दिन स्थानीय तहहरूलाई महानगरले आग्रह गरेको छ । सम्मेलनको तयारीका लागि महानगरले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठनसमेत गरेको छ ।

समितिका सदस्यहरूमा कुश ढकाल र आशा श्रेष्ठ रौनियार छन् । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, प्रशासन विभाग प्रमुख दीपक अधिकारी, वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धर सदस्य रहेका छन् । सदस्यसचिवमा कानुन तथा मानवअधिकार विभाग प्रमुख वसन्त आचार्य छन् । सबै पालिकाबाट न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको महानगरले जनाएको छ । सम्मेलनलाई नतिजामुखी बनाउने र प्राप्त उपलब्धिलाई संस्थागत अभिलेखमा राख्ने र आपसी सिकाइ प्रवर्द्धन गर्न सम्मेलन सञ्चालन गरिने भएको हो ।

समितिका सदस्यसचिव वसन्त आचार्यका अनुसार चार मुख्य विषयमा केन्द्रित हुने गरी सम्मेलनमा कार्यपत्र प्रस्तुत हुनेछन् । न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्यायसम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन प्रस्तुतिको पहिलो विषय हुनेछ । नयाँ पत्रिका देनिकबाट……

 


Thali Mobile Pvt.Ltd.