भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पप्पुको पुल न भत्काउनु, न चलाउनु


  • चैत्र २८, २०७९
  • 290 Views
पप्पुको पुल न भत्काउनु, न चलाउनु image

काठमाडौं । पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनले राजधानीमै लथालिंग बनाएको अर्को पुल हो, टेकु र कालीमाटीबीच विष्णुमति नदी पुल। पप्पुले पुल निर्माण जबरजस्ती सम्पन्न गर्‍यो। तर, गुणस्तरहीन भएकाले पुल सवारीसाधान पार्किङ गर्ने ठाउँ भएको छ।
पुल निर्माणको सुपर स्ट्रक्चरअन्तर्गत बिममा राखिएको वायर गुणस्तर र आवश्यक साइजअनुसार नहुनु पुलको मुख्य विवाद हो। डिजाइन अनुसार पुल १५.७ मिलिमिटर डायमिटर भएको तन्किने तार प्रयोग गरेर निर्माण गर्नुपर्ने हो तर ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले बराबर भार थेग्ने भन्दै १५ दशमलव २ मिलिमिटर डायमिटर भएको तार राखेर ढलान गरेको थियो। सरकारी निकाय (सडक विभाग)ले नमान्दा नमान्दै पप्पुले पुलको काम सकेको थियो। दीर्घकालमा पुल काम नलाग्ने भन्दै सरकारले पुल चलाएको छैन भने पप्पुलाई कालोसूचीमा राखेको छ।

ढलान गर्दा प्रयोग गरिएको कंक्रिट पनि तोकिएको गुणस्तर अनुसारको नभएको सरकारको ठहर छ। टेकु पुलमा कुल ७ वटा बिममा रहेका सबै २१ वटा तारले मापदण्ड पूरा गर्दैनन्। टेकु पुल भत्काएर नयाँ ठेक्का लगाउँदा अहिलेसम्म निर्माण भएकामध्ये मापदण्डमा रहेर निर्माण भएको संरचनासम्म यथावत् राखिनेछ। त्यस्तै, जुन संरचना मापदण्डअनुसार छैन, त्यस्ता संरचनालाई भने भत्काइनेछ। त्यसपछि निर्माण गर्न बाँकी संरचनाका लागि नयाँ ठेक्का लगाइने बताइएको छ।

पप्पुले सरकारी कर्मचारीलाई टेर्दै नटेरेर काम सकेको थियो। पछि काम सकिएको भन्दै ठेकेदारले भुक्तानी दाबी गर्‍यो, तर विभागले भुक्तानी गर्न नमानेपछि पप्पु अदालत गएको थियो। डिभिजन कार्यालयका अनुसार पुलको काम ६८ प्रतिशत मात्र सकिएको छ। टेकु–कालीमाटी खण्डमा सवारीको अत्यधिक चाप हुने गर्छ। हाल एउटामात्र पुल हुँदा सवारीसाधन पास हुन सक्दैनन्।

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.