DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पशुपतिको धर्मशालामा एउटै कोठाको झन्डै सात हजार शुल्क


  • माघ ३, २०७८
  • 438 Views
पशुपतिको धर्मशालामा एउटै कोठाको झन्डै सात हजार शुल्क image

काठमाडौं । तीर्थालुलाई सुलभ दरमा बस्न भारतले पशुपति क्षेत्रमा बनाइदिएको धर्मशाला सामान्य तीर्थालु बस्नै नसक्ने महँगो छ । बतास अर्गनाइजेसनले भाडामा लिएर होटेल चलाइरहेको यो धर्मशालामा एउटै कोठाको मूल्य खानाबाहेक नै झन्डै सात हजारसम्म तोकिएको छ । भारतले २४ करोड अनुदानमा बनाइदिएको धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल चलाउने गरी बतास अर्गनाइजेसनलाई ठेक्कामा दिएको थियो । वार्षिक एक करोड पाँच लाख  भ्याटबाहेक को न्यून दरमा ठेक्कामा पाएको बतासले धर्मशालाको भित्री संरचना तोडफोड गरेर विलासी होटेल बनाएको छ ।

होटेल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्रले धर्मशालामा बस्ने तीर्थालुसँग प्रतिरात न्यूनतम तीन सय ५० रुपैयाँदेखि अधिकतम दुई हजार नौ सय रुपैयाँ लिन सिफारिस गरेको थियो, तर बतासले दोब्बरभन्दा बढीसम्म असुलिरहेको छ । होटेलमा सबैभन्दा सस्तो चार सय ३० रुपैयाँ एउटा रुमको तोकिएको छ । तर, यस्ता रुम जम्मा दुईवटा मात्रै बनाइएका छन् । होटेलमा तीनवटा स्विट रुम बनाइएका छन् । जसको शुल्क नेपालीका लागि ६ हजार सात सय ६५ तोकिएको छ ।

त्यस्तै, ५७ वटा एसी डिलक्स रुम छन् । जसमा बसेको नेपालीले एक रातको तीन हजार पाँच सय ६७ रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, १३ वटा ननएसी रुम छन् । त्यसको शुल्क नेपालीलाई एक हजार दुई सय ३० रुपैयाँ तोकिएको छ । नेपाली, भारतीय र तेस्रो मुलुकका तिर्थालुका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । तीन वर्ष लगाएर निर्माण गरिएको धर्मशाला ०७५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका थिए । तर, सञ्चालनमा नआउँदै कोषले बतास अर्गनाइजेशनलाई सुम्पिएको थियो । कोषले ३० वैशाख ०७६ मा सम्झौता गरेर १० बर्षका लागि धर्मशाला बतासलाई दिएको थियो । त्यतिबेला पर्यटनमन्त्री योगेश भट्टराई र कोषको सदस्य सचिव डा। प्रदीप ढकाल थिए ।

३७८ कोठालाई भत्काएर बनाइएका थिए ७८ विलासी कोठा

१९ रोपनी क्षेत्रफलमा निर्माण गरिएको धर्मशालामा सुरुमा तीन सय ७८ कोठा थिए । तर, होटेल चलाउने गरि बतासले ठेक्का पाएपछि ति कोठा भत्काएर ७८ मात्रै बनाइए । र, सर्वसाधारण तिर्थालुको पहुँच नै नहुने गरि दररेट कायम गरियो । कोषले धर्मशालालाई मुनाफाको स्रोत बनाएर व्यापारीलाई सुम्पेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि छानविन गरिरहेको छ । केन्द्रले छानविन टुंग्याएर प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको छ ।

पर्यटनमन्त्री आलेले गरे धर्मशालाको निरीक्षण

धर्मशाला निजी कम्पनीलाई सुम्पेर होटेल सञ्चालन गरेको सम्बन्धमा पर्यटन मन्त्रालयले समिति बनाएर छानबिन गरिरहेको छ । समितिले सोमबार विभागिय मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाउँदैछ । मन्त्री आलेले पनि आइतबार धर्मशाला क्षेत्रको अनुगमन गरेका छन् । तिर्थालु बस्न बनाइएको धर्मशालामा आलिशान होटेल चलाएको देखेर आफु अचम्ममा परेको उनले बताए । ‘धर्मशालालाई त सेभेन स्टार होटेलजस्तै बनाएको रहेछ । म त सक्ड भएँ,’ उनले भने, ‘थुप्रै कामहरू गर्नै नमिल्ने पनि भएको देखिन्छ । तिर्थालुहरू राख्नुपर्नेमा कतिपय कोठाहरू निजीलाई पनि दिइएको रहेछ । त्यसरी दिनै नमिल्ने हो । कतिपय पशुपति क्षेत्र विकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने काम पनि अनुमति बिना नै गरेको देखियो ।’

बतासलाई दिँदा ठेक्का प्रक्रिया नै गलत भएको मन्त्री आलेको भनाई छ । ‘धर्मशाला ठेक्कामा दिन टेन्डर निकाल्ने बेला नै पशुपति क्षेत्र विकास कोषको परिषद् बैठकबाट अनुमोदन गर्नुपर्नेमा नगरिएको रहेछ,’ उनले भने, ‘यस विषयमा छानबिन गर्न हामीले बनाएको समितिको प्रतिवेदन आउँछ, त्यसकै आधारमा अघि बढ्छौं । अनुगमनपछि मन्त्री आलेले भने ( धर्मशालालाई त सेभेन स्टार होटेलजस्तै बनाएको रहेछ । म त सक्ड भएँ ।

थुप्रै कामहरू गर्नै नमिल्ने पनि भएको देखिन्छ । धर्मशाला ठेक्कामा दिन टेन्डर निकाल्ने बेला नै पशुपति क्षेत्र विकास कोषको परिषद् बैठकबाट अनुमोदन गर्नुपर्नेमा नगरिएको रहेछ । तिर्थालुहरू राख्नुपर्नेमा कतिपय कोठाहरू निजीलाई पनि दिइएको रहेछ । त्यसरी दिनै नमिल्ने हो । कतिपय पशुपति क्षेत्र विकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने काम पनि अनुमति बिना नै गरेको देखियो । यस विषयमा छानबिन गर्न हामीले बनाएको समितिको प्रतिवेदन आउँछ, त्यसकै आधारमा अघि बढ्छौं ।

कुन रुमको कति छ शुल्क ?

स्वीट रुम
नेपाली – ५५००, भ्याट र सेवा शुल्कसहित ६७६५ रुपैयाँ
भारतीय – ३४३८ ९भारु०, भ्याट र सेवा शुल्कसहित ५५६५ रुपैयाँ
तेस्रो मुलुक – ४७ ९अमेरिकन डलर०, भ्याट र सेवा शुल्कसहित ५७।८१ डलर
कोठा संख्या ः तीन

एसी डिलक्स

नेपाली – २९००, भ्याट र सेवा शुल्कसहित ३५६७ रुपैयाँ
भारतीय – १८१३ ९भारु०, भ्याट र सेवा शुल्कसहित ३५६७ रुपैयाँ
तेस्रो मुलुक – २५ ९अमेरिकन डलर०, भ्याट र सेवा शुल्कसहित ३०।७५ डलर
कोठा संख्या ः ५७

नन एसी

नेपाली – एक हजार, भ्याट र सेवा शुल्कसहित १२३० रुपैयाँ
भारतीय – ६२५ ९भारु०, भ्याट र सेवा शुल्कसहित १२३० रुपैयाँ
तेस्रो मुलुक – ८।५ ९अमेरिकन डलर०, भ्याट र सेवा शुल्कसहित १०।४५ डलर
कोठा संख्या स् १३

डोर्मेट्री रुम

नेपाली – ३५०, भ्याट र सेवा शुल्कसहित ४३०।५ रुपैयाँ
भारतीय – ९भारु०, भ्याट र सेवा शुल्कसहित ४३०।५ रुपैयाँ
तेस्रो मुलुक – ५ ९अमेरिकन डलर०, भ्याट र सेवा शुल्कसहित ६।१५ डलर
कोठा संख्या स् २

करिब चार महिना धर्मशालामा बसेर पार्टीको काम गरे कांग्रेस नेताले

तीर्थालुका लागि बनाइएको पशुपतिको धर्मशाला बतास अर्गनाइजेसनले लिएपछि कांग्रेसका नेताहरूले पनि करिब चार महिना त्यहीँ बसेर पार्टीको काम गरे । क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेसले नेता रमेश लेखकको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । यो समितिले धर्मशालामै कार्यालय राखेर काम गरेको थियो । दैनिक आठवटा कोठा र एउटा ठूलो हल लिएर नेताहरू त्यहाँ बसेका थिए । हलमा २४ वटा टेबुल राखेर काम गरिएको थियो । ‘कुनै–कुनै दिन त आठभन्दा धेरै रुम पनि लिनुपथ्र्यो,’ एक कांग्रेस नेताले भने । असार पहिलो सातादेखि असोज अन्तिम सातासम्म कांग्रेस नेताहरू त्यहाँ बसेका थिए । लेखक नेतृत्वको समितिले विवाद पूर्ण रूपमा मिलाउन नसकेपछि नेता कृष्ण सिटौला, डा। मीनेन्द्र रिजाल र लेखकसहितको समितिले पनि काम गरेको थियो । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.