भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पाँचथरको रानीटारमा आगलागी : २ जनाको मृत्यु, २ घाइते


  • पुष २०, २०७९
  • 253 Views
पाँचथरको रानीटारमा आगलागी : २ जनाको मृत्यु, २ घाइते image

फिदिम । पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। आगलागीमा परी मेघबहादुर सहित २ जना घाइते भएका छन्। मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आशासिंह थेबे (गुरुङ)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरी खतिवडाका अनुसार सो घरमा ७ जना सुतेका थिए। ७ मध्ये २ जनाको ज्यान गएको २ जना घाइते भएका र ३ जना भागेर बच्न सफल भएका खतिवडाले जानकारी दिए। आगलागीबाट घरमा पूर्ण रुपमा क्षति भएको छ । रातको साढे एक बजेबाट आगलागी सुरु भएको थियो। स्थानीयसँगै प्रहरी चौकी तमाखेबाट खटेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिने प्रयास गगरेका थिए। आगलागीबाट ५० लाख भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.