भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पुरानै सिइओ नियुक्ति गर्न खोजिएपछि कोषका कर्मचारी आन्दोलित


  • मंसिर ३, २०७८
  • 517 Views
पुरानै सिइओ नियुक्ति गर्न खोजिएपछि कोषका कर्मचारी आन्दोलित image

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषमा सेवा निवृत्त भइसकेका प्रमुख कार्यकारी अधिकृत सिइओ विष्णुबाबु मिश्रलाई पुनः सोही पदमा ल्याउन खोजिएपछि कोषका कर्मचारी आन्दोलित भएका छन्। कोषको प्रमुख रहँदा थुप्रै गलत काम गरेको व्यक्तिलाई पुनः अर्थ मन्त्रालयले आर्थिक प्रलोभनमा परेर नियुक्तिको प्रक्रिया थालेको भन्दै ३७ मध्ये ३४ कर्मचारीले विरोधमा उत्रिएका छन्।

विरोधमा उत्रिएका कर्मचारीले मिश्रलाई पुनः सिइओको जिम्मेवारी दिन नहुने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त,अर्थ मन्त्रालयका सचिव तथा कोषको सिइओ नियुक्तिका लागि गठित छनोट एवं सिफारिस समितका सदस्य तुल्सीप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाएका छन्।

नागरिकसँग कुरा गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीले आर्थिक चलखेल गरेर मिश्र पुनः सिइओमा नियुक्त भए आन्दोलनका सशक्त कार्यक्रम अघि ल्याउने बताए।‘अर्थ मन्त्रालयको नेतृत्व मिश्रलाई नियुक्ति दिने पक्षमा रहेको र चाँडै नियुक्ति हुने कुरा सुनेपछि कर्मचारीहरू स्तब्ध भएका छौं,’ उनले भने, ‘संस्थाको हितविपरीत काम गर्ने व्यक्तिलाई कुनै पनि हालतमा स्वीकार्न सकिँदैन ।’

मिश्र सिइओ हुँदा नियम, कानुन र विधिको वकालत गर्ने कर्मचारी, लेखापरीक्षक, सञ्चालक तथा उच्चपदस्थ पदाधिकारीलाई राजनीतिक पहुँचको आधारमा गालीगलौज गर्ने गरेको कर्मचारीको भनाइ छ। आर्थिक लाभका लागि पदीय दुरूपयोग गरी मातहतका कर्मचारीलाई अनैतिक दबाब दिई स्वार्थ अनुकूल काम गर्न बाध्य पारेको ती कर्मचारीले दाबी गरे।

अर्थ मन्त्रालयले पुनः नियुक्तिको तयारी गर्न खोजेका मिश्रसँग वित्तीय प्रणाली, अर्थतन्त्र र सरकारको कार्यप्रणाली तथा सामान्य व्यवस्थापकीय ज्ञान समेत नरहेको कर्मचारीले बताए। ‘मिश्रसँग राजनीति नेतृत्वलाई रिझाउनेभन्दा अन्य कुनै क्षमता छैन,’ कर्मचारीले भने, ‘त्यस्तो व्यक्तिलाई पुनः कोषको नेतृत्वमा ल्याउन खोज्नु आर्थिक लाभका लागि मात्रै हो ।’ यस्तो अवस्थामा मिश्रलाई कोषको नेतृत्वमा ल्याइए ९० प्रतिशतभन्दा बढी कर्मचारीले राजीनामा दिने भन्दै हस्ताक्षर संकलन समेत गरेका छन्। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.