भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पुसभित्रै सभामुख चयन हुने


  • पुष २०, २०७९
  • 254 Views
पुसभित्रै सभामुख चयन हुने image

काठमाडौं । यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ । सो समय आधार मान्दा १० पुससम्म सभामुख चयन गरिसक्नुपर्छ । १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले आगामी २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

त्यसलगत्तै सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी सत्ता गठबन्धनको छ । संसद् सचिवालयका अनुसार सभामुख निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ ।पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता र तेस्रो दिन निर्वाचन हुनेछ । सोही अनुसार सचिवालयले तयारी गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन २६ पुसमा सभामुख निर्वाचन सूचना जारी गर्ने संसद् सचिवालय तयार छ ।

सचिवालयका एक अधिकारीका अनुसार २८ पुसमा सभामुखका लागि उम्मेदवारी दर्ता र २९ पुसमा निर्वाचन गर्नेगरी तयारी अघि बढाइएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको गठबन्धन बन्दा प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालका लागि आधाआधा कार्यकाल सभामुख भागबण्डा गर्ने सहमति भएको बताइन्छ । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.