भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रक्रिया मिचेर नयाँ मुख्य सचिव बनाइँदै, वैरागी बन्ने पक्का


  • आश्विन ६, २०७७
  • 562 Views
प्रक्रिया मिचेर नयाँ मुख्य सचिव बनाइँदै, वैरागी बन्ने पक्का image

काठमाडौं । नियमित प्रक्रियाबाट मुख्य सचिव हुने प्रावधान मिच्दै सरकारले आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने तयारी गरेको छ । सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्य सचिव बनाउने गरी आन्तरिक गृहकार्य अघि बढाएको हो ।

सरकारको इच्छाबमोजिम मुख्य सचिव रेग्मीले राजीनामा दिए निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवका लागि आधा दर्जन सचिव प्रतिस्पर्धामा भए पनि अन्ततः परराष्ट्र सचिव वैरागीले बाजी मार्ने निश्चित छ । मुख्य सचिव रेग्मीलाई भने राजीनामा दिन लगाएर बेलायतको राजदूत बनाउने तयारी गरिएको छ । मुख्य सचिव रेग्मीको तीन वर्षे कार्यकाल आगामी ६ कात्तिकमा सकिँदै छ ।

तर उनलाई त्यसअगावै राजीनामा दिन लगाई परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने गरी गृहकार्य अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । वैरागीलाई मुख्य सचिवका लागि बाटो खुलाउन रेग्मीले २२ असोजअगावै राजीनामा दिइसक्नुपर्छ । मुख्य सचिव रेग्मीले राजीनामा नदिएको अवस्थामा वैरागीले २२ असोजमा अवकाश पाउनेछन् । नियमित प्रक्रियाबाट मुख्य सचिव परिवर्तन हुँदा प्रशासन सेवाकै सचिव चन्द्रकुमार घिमिरे मुख्य सचिवको पहिलो दाबेदारका रूपमा रहन्छन् ।

तर, मुख्य सचिव रेग्मीले आफ्नो पदावधि सकिनुभन्दा झन्डै तीन साताअघि नै राजीनामा दिने गरी सहमति जुटेकाले घिमिरेको मुख्य सचिव हुने बाटो करिब करिब बन्द हुने भएको छ ।वैरागीलाई सहज हुने गरी १५ देखि २० असोजसम्म मुख्य सचिव रेग्मीले राजीनामा दिने निश्चित जस्तै भएको छ । मुख्य सचिवको दौडमा परराष्ट्रसचिव वैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग सचिव चन्दकुमार घिमिरे, वन सचिव विश्वनाथ ओली र सहरी विकास सचिव मधुसूदन अधिकारी लगायत छन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.