प्रतिनिधि सभाको अन्तिम दिन घोचपेच


  • आश्विन २, २०७९
  • 10 Views
प्रतिनिधि सभाको अन्तिम दिन घोचपेच image

काठमाडौं । प्रतिनिधि सभाको अन्तिम दिन शनिबारको बैठकमा नेताहरूले एकार्काप्रति घोचपेच गरे। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकारले संविधानअनुसार मुलुक चल्ने वातावरण बनाएको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै उनले परमादेश नभएको भए सँगै काम गर्ने अवसर नै नपाउने भनी व्यंग्य गरे। ‘प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ। यो संसद् नै परमादेशबाट आएको हो। जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं’, देउवाले भने, ‘परमादेश नभएको भए उहाँ र हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं। धेरै ठूलाठूला विधेयकहरू पास गर्न नै पाउँदैनथ्यौं।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले निर्वाचनमा जानुलाई प्रतिगमन भनेको भन्दै आलोचना गरे। जनादेशअनुसार संसद् नचलेपछि ताजा जनादेशमा जान खोजेको उनको भनाइ थियो। त्यसलाई प्रतिगमन भन्न नहुने उल्लेख गर्दै ओलीले आफ्नो उक्त कदम सकारात्मक भएको भनाइ राखे। उनले यो सरकारको पालामा भ्रष्टचार बढेको आरोप लगाए। ‘छुट्टिने बेला के कठोर बोली बोल्नु छ र रु प्रधानमन्त्रीले यस्सो कुरा उठाउनु भएको भएर मात्र बाटो बिराउला कि भनेर त्यसलाई सही बाटोमा लैजान मात्र भनेको हुँ। अहिले भ्रष्टाचार त के कुरा गर्नु र रु’ उनले भने, ‘भ्रष्टाचार उन्मूलन, संविधान र कानुनबमोजिमको राज जनताले आकांक्षा गरेका हुन्छन्। बाहिर–बाहिर एकथोक भनिने र भित्रभित्र अर्कोथोक गरिने अपेक्षा गरेका हुँदैनन्।’

निर्वाचनतर्फ जाने कुरालाई प्रतिगमन नभनिने उनले बताए। ‘आवश्यकताअनुसार निर्वाचन भएन र समयभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ’, उनले भने, ‘जे होस् मुलुक निर्वाचनतर्फ गइसक्यो, म यसलाई प्रतिगमन भन्दिनँ।’ माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीको कडा आलोचना गर्दै पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा भंग गरेको उल्लेख गरे। निर्वाचनमा जानुलाई विरोध गरेको भन्दै भ्रम फैलाउन खोजेको आरोप दाहालले लगाए।

‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि १ यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले रु नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नु भएको हो कि रु’ दाहालले प्रश्न गरे, ‘निर्वाचन घोषणा गर्नुलाई कहिले प्रतिगमन भन्यौं रु हामीले प्रतिगमन भनेको संविधान मिचेर हुँदै नभएको अधिकार किन प्रयोग गरियो ?’ एकीकृत समाजवादी नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारले सम्झिरहने के काम गर्‍यो भन्दै प्रश्न गरे। ‘खड्गप्रसाद ओलीले त्यस्तो के काम गरे, जुन नेपाली जनताले सम्झिरहेका छन्।

धरहरा ठड्याए भन्ने हो रु रानीपोखरी बनाए भन्ने हो रु रानीपोखरी प्रताप मल्लले बनाए होला नि १ धरहरा भीमसेन थापाले बनाए होला नि १,’ खनालले भने। उनले पाँच वर्ष म्यान्डेट पाएको सरकार ४१ महिना मात्र चलेको उल्लेख गरे । नेपाल समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले ५ वर्षको कार्यकालमा जनताले दिएको जिम्मेवारी पूरा गर्न नसकिएको बताए। ‘संसद् राज्यका सबै निकाय निगरानी गर्ने थलो हुनुपथ्र्यो तर हुन सकेन्। हामीले गरेनौं भन्दिन म तर कछुवा गतिमा काम भए। आवश्यकताअनुसार मुख्य काम हुन् सकेन’, डा। भट्टराईले भने।

सत्ता खेलमा अल्झन, जनमतको अपमान
उनले राष्ट्रपति कार्यालयमा विचाराधीन रहेको नागरिकता विधेयकले महिलाको अपमान गरेको बताए। ‘हामीले पारित गरेको विधेयकमा महिलालाई संवैधानिक ढंगले नै विभेद गर्न मिल्छ रु आमाको नामबाट नागरिकता दिँदा शर्त राख्न आवश्यक छ रु अत्यन्त अपमानित ढंगले महिलाले आफ्नो सन्तानको बाउको परिचय नखुलेको स्वघोषणा गर्न लगाउनु मिल्ने कुरा हो रु’, उनले प्रश्न गरे, ‘आमालाई थाहा हुँदैन सन्तानको बाबु को हो भन्ने रु आमाले जन्म दिएपछि आमाको नामबाट निःशर्त नागरिकता दिनुपर्दैन रु त्यहाँ बाबुको आवश्यकता किन पर्‍यो र ?’

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले संविधानमै कुनै पनि नागरिकलाई राज्यविहीन बनाउनु नहुने उल्लेख भए पनि नेपालमा अनागरिक बनाउने काम भइरहेको बताए। ‘संविधानले नै नागरिकलाई राज्यविहीन बनाइनु हुँदैन भन्ने उल्लेख छ। तर, हाम्रो त के भइरहेको छ रु नागरिकता विधेयक के भइरहेको छ रु नागरिकलाई अनागरिक बनाउनुजस्तो ठूलो अपराध केही हुँदैन,’ यादवले भने। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को निर्णयअनुसार चालु अधिवेशन शनिबार नै राति १२ बजेदेखि अन्त्य गरेकी छन्।

यससम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले अन्तिम बैठकमा सुनाएका थिए। बैठक समापन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा भंग भएको घोषणा गरे। उनले प्रतिनिधिसभाका ११ अधिवेशनअन्तर्गत भएका कामकारबाहीको संक्षिप्त विवरण सुनाएका थिए। उनका अनुसार चालु अधिवेशन गत जेठ ३ गते सुरु भई १ सय २४ दिन चल्यो। ५९ दिनमा ६८ पटक बैठक बसी जम्मा २५२ घण्टा १५ मिनेट संसदीय कामकारबाही भएका थिए। यस्तै, दुवै सदनको संयुक्त बैठक दुई पटक गरी ४ घण्टा ४५ मिनेट बसेको थियो।  अन्नपूर्ण पोष्ट दैनिकबाट….

Panauti Word 1 Ryale

Panauti Word 2 Kushadevi

Panauti Word 3 Kusadevi