भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रदेश २ आक्रान्त, २ सय संक्रमित सम्पर्कविहीन


  • भाद्र ११, २०७७
  • 874 Views
प्रदेश २ आक्रान्त, २ सय संक्रमित सम्पर्कविहीन image

जनकपुरधाम । देशभर कोरोना संक्रमितको संख्या बुधबारसम्म ३४ हजार ४ सय १८ पुगेको छ। तीमध्ये प्रदेश २ मा मात्र ९ हजार ९ सय ४४ जना छन् । त्यो २९ प्रतिशत हो। अर्थात् ७ प्रदेश भएको देशमा प्रदेश २ मा मात्र झन्डै एक तिहाइ संक्रमित छन् । सबैभन्दा धेरै संक्रमित यस प्रदेशमा किन भइरहेका छन् । प्रमुख कारण खेलाँचीमा आधारित छन् ।

भारतबाट कोरोना संक्रमित भई आएकाहरू सोझै घर र समुदायमा पुगेका कारण अवस्था भयावह बनेको विश्लेषक र सुरक्षा निकायका प्रमुख बताउँछन् । प्रदेशका आठै जिल्लामा भारतसँग खुला सिमाना भएका कारण जतिसुकै निगरानी गरे पनि विभिन्न बहानामा आवतजावत गर्ने क्रम नरोकिएको नेपाल प्रहरीका प्रदेश २ प्रमुख डीआईजी धीरजप्रताप सिंहले स्वीकार गरे।

‘कतै मल ल्याउने बहानामा त कतै नुन, चिनी किन्ने बहानामा चोरबाटो हुँदै नेपाल–भारत ओहोरदोहोर गर्नेहरू हाल पनि छन्’, डीआईजी सिंहले भने, ‘प्रहरीले यस्ता गतिविधि रोक्न खोज्दा उल्टै झडप गर्ने घटनाहरू पनि भइरहेका छन् । तापनि, हामीले सक्दो निगरानी बढाएका छौं।’ उनका अनुसार गाउँघरतिर जतिसुकै सम्झाउँदा पनि हाट, बजार लगाउने गरिएको छ।

न त्यहाँ मास्क प्रयोग गरिएको हुन्छ न त दूरी नै कायम हुन्छ। लकडाउनको सुरुमा प्रदेशभरि ७० प्रतिशत व्यक्ति मास्क लगाउन आनाकानी गर्थे । तर, प्रहरीको सक्रियता र कारबाहीपछि ३० प्रतिशतले मात्रै मास्क लगाउन आलटाल गरेको सिंहले बताए । लकडाउन खुलेपछि भारतबाट प्रदेश २ छिरेका ४२ हजार जति व्यक्ति सोझै समुदायमा गएर मिलेका कारण संक्रमणदर एक्कासि उच्च भएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रह्मचार्यको विश्लेषण छ।

२ सय संक्रमित सम्पर्कविहीन
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गराएकामध्ये दुई सय जना संक्रमित स्थानीय प्रशासनको सम्पर्कमै नरहेको सार्वजनिक भएको छ। पीसीआर परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बरमा उनीहरू फेला नपरेको स्थानीय प्रशासनले बताएको छ।
संक्रमितहरू लुकिछिपी बस्ने प्रवृत्ति देखिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।

‘स्वाब संकलन गर्दा कसैले गलत नम्बर दिएका हुन्छन् भने कसैले ठेगानै उल्लेख गर्दैनन् । यस्तो प्रवृत्तिले गर्दा पीसीआर पोजिटिभ आयो भने संक्रमित खोज्न गाहे भएको छ’, झाले भने, ‘स्वाब संकलन गर्न जाने क्रममा पनि गलत ठेगानाका कारण बिरामीलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्न झमेला भएको छ।’

संक्रमित भएर पनि लुकीछिपी बसेकाहरूको खोजी गर्नुपर्ने बाध्यता रहेकोे धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतको भनाइ छ । संक्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फैलिने जोखिम भएको हुँदा त्यस्ता व्यक्तिलाई सम्पर्क गर्ने प्रयास भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.