भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु


  • २०८० असार २६, मंगलवार
  • 145 Views
प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु image

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कमजोरी स्वीकार गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो बोल्नुहुँदैनथ्यो भन्दै उनले आफूले भावनामा आएर त्यस्तो अभिव्यक्ति दिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्ति’दयगत स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले यस्ता अभिव्यक्तिका लागि आफूले आगामी दिनमा आत्मसमीक्षा गर्ने बताए । तर, आफूले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको माग तर्कपूर्ण नरहेको जिकिर उनले गरेका छन् ।

प्रधानमन्त्री दाहालले भविष्यमा आफूले दिने अभिव्यक्तिमा सतर्कता अपनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ‘मेरो भाषा प्रधानमन्त्रीका रूपमा जसरी बोल्नुपर्यो, त्यसरी नभएको अनुभूति गर्दै भविष्यमा तपाईंहरूले गराउनुभएको ध्यानाकर्षणप्रति म सतर्क रहने विश्वास दिलाउँदै बिदा हुन्छु धन्यवाद,’ प्रधानमन्त्री दाहालले स्पष्टीकरण दिँदै अन्त्यतिर भनेका छन् ।

दाहालले आफूले प्रधानमन्त्रीको हैसियतमा सो कुरा बोल्न नहुने बताउँदै अगाडि भने, ‘प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो, ज्ञानुको बुबा भएर बोल्न पुगें ।’संसद्मा दाहालले भने– प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो, ज्ञानुको बुबा भएर बोल्न पुगें

गत सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहाल विवादमा तानिएका हुन् । नेपालमा पहिलोपटक ट्रक ल्याएका भनिएका प्रितम सिंहमाथि आधारित रहेर लेखिएको पुस्तक ‘रोड्स टु द भ्याली :द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए ।

‘उहाँ ९पितम सिंह०ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो, काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालले भनेका थिए । प्रधानमन्त्री दाहालको सोही अभिव्यक्ति सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले उनको राजीनामा माग गरेका थिए । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०सहितका प्रतिपक्षी दलले संसद् अवरोध गर्दै आएका थिए ।

प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले यातायात व्यवसायी प्रितम सिंहसँग पारिवारिक सम्बन्ध रहेको बताए । दाहालले २०६८÷६९ सालमा आफ्नी छोरी ज्ञानु दाहाललाई क्यान्सर भएपछि दिल्ली पुगेका बेला भएको संवाद आफूले स्मरण गरेको बताए । उनले आफू भावुक भएर बोलेको बताउँदै भने, ‘सामाजिक सेवा र यातायात मात्रै होइन, राजनीतिमा समेत रुचि राख्नुहुन्छ भनें । त्यही बेलाको कुरा सम्झें । प्रितमजीले भनेको पनि सम्झें । म भावनात्मक छु नै, यही दाहाल भयो, गर्नुहुन्छ के रु’

आफ्नो छोरी ज्ञानु अन्तिम अवस्थामा पुगेको समयमा भेट्न जाँदा प्रितमको दिल्लीस्थित फ्ल्याटमा भएको सो संवाद सम्झिए । उनले त्यो समयलाई स्मरण गरे, ‘म छोरी भेट्न जाँदा प्रितम सिंह र उहाँका आफन्त त्यहीँ हुनुहुन्थ्यो । त्यही बेला नेपालमा प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भन्नुभयो, उहाँले भावनामा आएर मैले दिल्लीमा पनि कुरा गर्ने गरेको छु र नेपालमा पार्टीहरूसँग कुरा गर्ने गरेको छु भन्नुभयो । मैले धन्यवाद भनें । यो मेरो कुरा पनि थिएन । पारिवारिक वातावरणमा उठाएको कुरामा सदासयताका लागि धन्यवाद भनें ।’ उनले प्रितम सिंह त्यस्तो शक्तिकेन्द्र नभएको स्पष्ट पारे । त्यो भावना मात्रै रहेको पनि बताए ।

आफूले दिएको अभिव्यक्तिको विषयमा गम्भीर प्रश्न उठेपछि सदनबाटै जवाफ दिन चाहेको बताउँदै उनले सदनबाटै जवाफ दिन आफूले प्रयास गरेको बताए । ‘माननीय सदस्यहरूले यहाँ बोल्दा स्पष्ट पार्नुपर्दैन रु भनेर गम्भीर ढंगले बोल्नुभयो । मैले सुरुदेखि नै स्पष्ट पार्न पर्खेर बसेको थिएँ । तर, मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो रु राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनेर किन भनियो मैले बुझ्न सकेको छैन । के यही हो संसदीय अभ्यास रु’ दाहालले स्पष्टीकरण दिँदै प्रश्नसमेत गरे ।

यता प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर राजीनामा मागेको एमालेले संसद्मा प्रधानमन्त्रीले गरेको सम्बोधनलाई सकारात्मक रूपमा लिएको बताउँदै एकचोटिलाई मौका दिने जनाएको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरू सकारात्मक रहेको बताउँदै एकचोटिलाई मौका दिने बताए । ‘प्रधानमन्त्रीले यो तहको संसद्मा आएर कमजोरी भयो, अबदेखि यस्तो कमजोरी दोहो¥याउँदिन भनेपछि हामी भविष्यमा यस्तो नगर्नू होला भन्ने हिसाबले एकपटकलाई मौका दिन चाहन्छौं,’ गिरीले भने, ‘जसरी अभिव्यक्ति राख्नुभयो त्यसलाई सकारात्मक रूपमा लिन्छौं ।’

एमालेका सांसद गोकुल बाँस्कोटाले नेपालको प्रधानमन्त्रीले तिरंगा उचाल्ने कि चन्द्रसूर्य झन्डा उचाल्ने भन्ने विषयलाई स्पष्ट पार्नुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले भारतको कृपामा प्रधानमन्त्री बन्ने आशयको वक्तव्य दिएको भन्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधि सभामा बोल्दै बाँस्कोटाले यस विषयमा प्रधानमन्त्रीको मौनता रहस्यमय भएको बताए । उनले प्रश्न गरे, ‘प्रधानमन्त्री देशभक्त हुनुहुन्छ, क्रान्तिकारी हुनुहुन्छ, विस्तारवाद, प्रभुत्ववादका विषयमा आफ्ना कुरा राख्नुभएको थियो । अहिले त्यही ट्रकमा चढेर कहाँ पुग्नुभयो रु कठपुतली भन्नुभयो तर कम्फरटेबल बन्नुभयो ।’

रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तिजनक भएको बताए । ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ । त्यसका लागि प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो धारणा हो । प्रधानमन्त्रीले यस’दयगतमा खुलेर बताउनुपर्नेछ, सदनलाई बताउनुपर्नेछ,’ लामिछानेले भने ।लामिछानेले नेपाली जनताले चुनेको सदनबाट, आफ्नो समेतको हस्ताक्षरमा दाहाल प्रधानमन्त्री भएकोमा आफूहरू निर्धक्क रहेको भए पनि प्रधानमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको बताए । ‘प्रधानमन्त्रीले त छिमेकी राष्ट्रले प्रधानमन्त्री बनाउने, सार्वभौम देशको अस्तित्वमाथि नै प्रश्न खडा हुनेगरी अभिव्यक्ति दिनुभयो, त्यो आपत्तिजनक छ,’ उनले भने ।

लामिछानेले बैठकमा भने, ‘कहिले ७ हजार लडाकु मात्रै भन्दिनुहुन्छ । कहिले ५ हजारको जिम्मा भन्नुहुन्छ । कहिले कम्फरटेबल भन्नुहुन्छ । कहिले सरकार नै अरूले बनाएको भन्नुहुन्छ । आफ्नो भनाइमा स्पष्ट हुन म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु ।’केही दिनअघिको प्रतिनिधिसभा बैठकमा एमाले सांसदपछि माओवादी केन्द्रका सांसदलाई बोल्न दिइएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गरे । उनले रास्वपालाई बाइपास गरेर आफ्नो कुरा राख्न नदिएको भन्दै घोर आपत्ति जनाए ।

‘रास्वपा प्रतिपक्षको भूमिकामा छ । त्यसका आफ्ना मुद्दा छन् । रास्वपा अरू दलको मुद्दामा होइन । आफ्ना मुद्दा, जो जनताका मुद्दा हुन्, त्यसमा उभिएको छ । आफ्नै स्वतन्त्र अस्तित्व साथ रास्वपा उभिएको छ । यस’दयगतमा हेक्का होस् भन्ने कुरा म सम्मानित सदनलाई बताउन चाहन्छु । जसले गर्दा हामीले हाम्रो कुरा राख्न पाएनौं । नपाउँदै प्रमुख प्रतिपक्षीले जे बोल्यो, त्यसैलाई हाम्रै भाष्य हो भन्ने कुरा प्रमाणित गर्ने जुन जालसाझीपूर्ण क्रियाकलाप भयो । हामीलाई त्यसमा आपत्ति छ,’ उनले भने ।

विपक्षी दलले लगातार संसद् अवरोध गर्दै आएपछि सोमबार नै प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । संसद् बैठकअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा छलफल भएको थियो । संसदमा प्रधानमन्त्री दाहालले कमजोरी स्वीकार गरी संसदलाई सम्बोधन भएपछि संसद् चल्न दिने सहमति भएको थियो । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । राजधानी देनिकबाट….


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.