भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्रीलाई हृदयाघात नभएको निर्क्योल


  • कार्तिक १, २०८०
  • 355 Views
प्रधानमन्त्रीलाई हृदयाघात नभएको निर्क्योल image

काठमाडौं । नर्भिक अस्पताल स्रोतका अनुसार छातीमा असहज महसुस भएर नर्भिक अस्पतालमा भर्ना भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गम्भीर हृदयाघात नभएको निक्र्यौल भएको छ । मुटुसँग जोडिएको धमनीमा अवरोध भएको या नभएको पत्ता लगाउन उनको कोरोनरी एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीबाट यस्तो निक्र्यौल निकालिएको हो ।

दिनभरी आफ्ना नियमित कामकाजमा संलग्न प्रधानमन्त्री दाहाल साँझसम्म प्रहरीको एक कार्यक्रममा सामेल भएका थिए । कार्यक्रमबाट फर्केको केही समयपछि निवासमा उनलाई छातीमा असहज महसुस भयो । तत्कालै उनलाई नर्भिक अस्पताल लगियो । अस्पताल पुग्दा उनी निकै आत्तिएको अवस्थामा थिए ।

प्रारम्भिक जाँचमा संलग्न एक चिकित्सकले भने, ‘प्रधानमन्त्रीको क्लिनिकल अवस्था हेर्दा हृदयाघात होइनजस्तो देखिन्थ्यो, उहाँलाई ग्यास्ट्राइटिस वा अन्य कारणले छातीमा असहज भएको हो भन्ने देखिन्थ्यो तर उहाँ निकै आत्तिएका थिए ।’ चिकित्सकहरूले जोखिम लिन चाहेनन् ।

उनको कोरोनरी एन्जियोग्राम गर्ने निर्णय गरियो । यो भनेको मुटुसँग जोडिएको धमनीमा अवरोध भए नभएको जाँच्न भित्र बेलुन पठाएर हेर्ने प्रविधि हो । तर, एन्जियोग्राम गर्न बिरामीले खाना खाएको दुई घण्टा नाघिसकेको हुनुपर्ने र प्रचण्डले खाना खाएको समय भर्खरैजस्तो भएको हुँदा झन्डै डेढ घण्टा कुर्नुप¥यो । त्यस अवधिमा बिरामी निकै आत्तिएको देखिएको हुँदा उनलाई औषधि दिएर सुत्न दिइयो ।

एन्जियोग्रामको सम्पूर्ण तयारीचाहिँ पूरा गरियो । समय भएपछि उनलाई एन्जियोग्राम गरिएको थियो । अस्पताल स्रोतका अनुसार उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने सम्भावना छ । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.