भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्री ओलीले बोली फेर्नु भयो, नेकपा र सूर्य चिह्न हामीसँगै रहन्छः नेता भट्टराई


  • पुष १९, २०७७
  • 752 Views
प्रधानमन्त्री ओलीले बोली फेर्नु भयो, नेकपा र सूर्य चिह्न हामीसँगै रहन्छः नेता भट्टराई image

काठमाण्डाैं । नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बोली फेरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध झापाको विर्तामोडमा प्रचण्ड–माधव समूहले गरेको विरोधसभामा भट्टराईले भने ‘संविधान बनाउने वेला प्रधानमन्त्रीजीले कुनै वेला छडी चलाउन सक्छ । त्यसैले, प्रतिनिधिसभा विघटनको त्यो छडी दिनु हुँदैन । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिन हुँदैन भनेर बहस गर्नुभयो’, उनले भने, ‘त्यही प्रावधान संविधानसभाले संविधानमा राख्यो । आज भन्दै हुनुहुन्छ प्रधानमन्त्रीलाई यो अधिकार छ ।’

नेता भट्टराईले दलसम्बन्धी कानुनका आधारमा पार्टीको नाम, सूर्य चिह्न र झन्डा आफूहरूले पाउने दाबी गरे । ‘दलसम्बन्धी कानुनले सूर्य चिह्न, झन्डा र पार्टीको नाम कसैको हातमा जाँदैन । हामीसँगै रहन्छ । तपाईंहरू ढुक्क हुनुहोस्’, उनले भने, ‘यदि यो कानुन गलत छ भने अर्को कानुन देखाऊ ।’

केपी ओली फेरि फर्किएर आए आफूहरू माफी दिन तयार भएको उनले बताए । ‘प्रधानमन्त्रीज्यू तपाईं भड्खालोमा जाँदै हुनुहुन्छ । फर्कनुहोस् । तपाईंलाई हामी माफी दिन तयार छौँ । तपाईंजस्तो हामीबाट निषेध गर्ने काम हुँदैन’, उनले भने, ‘आउनुस् एकपटक पार्टीलाई एक ढिक्का बनाएर अघि बढौँ । दुई वर्ष मिलेर पार्टी र सरकार चलाऔँ । फेरि पार्टीको बहुमत आउँछ ।’
उनले केपी ओलीलाई जे मन लाग्यो त्यही नगर्न चुनौती पनि दिए । उनले ओलीले पार्टीको बैठकबाट भागेर कार्यकर्ता र देशलाई धोका दिएको दाबी गरे । उनले ठूलो जेट विमानको एक पाइलटले विमान दुर्घटना गराएको दाबी गरे । पूर्वमन्त्री भट्टराईले ओलीलाई राजनीतिबाट विश्राम लिएर आराम गरेर बस्न सुझाब दिए । ‘अब ओलीको राजनीतिक जीवन समाप्त भयो’, उनले भने, ‘ओलीलाई अब आराम गर्न तपाईं कार्यकर्ताले सुझाब दिनुस् ।’

नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.