भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्री प्रचण्डलाई मोदीको फोन


  • श्रावण २१, २०८०
  • 201 Views
प्रधानमन्त्री प्रचण्डलाई मोदीको फोन image

काठमाडौं । प्रचण्डको भारत भ्रमणमा भएका सहमतिलगायत द्विपक्षीय विषयमा छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हालै प्रचण्डको भारत भ्रमणका वेला भएका सहमतिलगायत द्विपक्षीय विषयमा छलफल भएको छ । मोदीले शनिबार प्रचण्डलाई टेलिफोन गरेका हुन् । प्रचण्डको भारत भ्रमणपछि मोदीसँग भएको यो पहिलो टेलिफोन संवाद हो ।

‘दुई नेताले भारत–नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुभयो र द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन तथा गहिरो सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएको छलफललगायत दुई देशको मित्रताका सन्दर्भमा समीक्षा गर्नुभयो,’ भारतको प्रेस इन्फरमेसन ब्युरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निकट र मित्रवत् छिमेकी नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको प्रमुख साझेदार हो । यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ ।’ नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.