भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्‍त्री ओलीले गरे मन्‍त्रिपरिषद् विस्तार : को बने नयाँ मन्‍त्री, कसको मन्‍त्रालय फेरियो ?


  • पुष ११, २०७७
  • 728 Views
प्रधानमन्‍त्री ओलीले गरे मन्‍त्रिपरिषद् विस्तार : को बने नयाँ मन्‍त्री, कसको मन्‍त्रालय फेरियो ? image

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरे लगत्तै केही मन्त्रीले राजीनामा गरेपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । संसद् विघटनको समर्थन गर्ने र विरोध गर्ने गरेर सत्तारुढ नेपाल कम्युनिटस्ट पार्टी ९नेकपा०मा दुई समूह बनेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि ओलीले अर्को पक्षका केही प्रभावशाली नेतालाई मन्त्री बनाएका छन् ।

यसरी मन्त्री बन्नेका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ लामा पूर्व माओवादीका नेता हुन् । मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारीसमेत हेरफेर गरेका छन् । मन्त्रिपरिषद् विस्तार भएसँगै टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभु साह सहकारी विकास मन्त्री बनेका छन् । त्यसैगरी प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री गौरी शंकर चौधरी श्रम, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् भने जुली कुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् ।

त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । लीलानाथ श्रेष्ठ कानुन मन्त्री बन्दा शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् भने पद्मा अर्याल कृषि मन्त्री बनेकी छन् । कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन् भने विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । अन्नपूर्ण पोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.