भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

फेरिन्छन् हाकिम, हट्दैन समस्या


  • असार २०, २०७९
  • 569 Views
फेरिन्छन् हाकिम, हट्दैन समस्या image

काठमाडौं । सरकारले यातायात व्यवस्था विभागको महानिर्देशकको हेरफेर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट विभागको नयाँ महानिर्देशकमा सुरेश राउतलाई ल्याउने निर्णय भएको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा राउतलाई ल्याउने निर्णय भएको हो । प्रदेश १ मा कार्यरत राउतले आज ९सोमबार०बाट पदीय जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।

हाल विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका नमराज घिमिरेलाई वन तथा वातावरण मन्त्रालय सरुवा गरिएको छ । उनी २ चैत २०७७ मा महानिर्देशकको जिम्मेवारीमा यातायात व्यवस्था विभागमा सरुवा भएका थिए ।उनले महानिर्देशकको जिम्मेवारी सम्हालेपछि परीक्षणकालीन लाइसेन्स वितरण थालिएको थियो । जसका कारण समयमा नै सेवाग्राहीले लाइसेन्स नपाए पनि रसिदको भरमा हिँड्नुपर्ने समस्या हटेको थियो । बाग्मती प्रदेशअन्तर्गतका कार्यालयबाट एक वर्षको परीक्षणकालीन लाइसेन्स दिने गरेको थियो ।

पछिल्लोपटक प्रदेश मातहतका कार्यालयमध्ये हेटौंडा कार्यालयबाहेक अन्य कार्यालयले बजेटको अभाव देखाउँदै परीक्षणकालीन लाइसेन्स सेवा बन्द गरेका थिए ।घिमिरेले आफूले जिम्मेवारी सम्हालेपछि ६ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेर वितरण गरेको, नयाँ अनलाइन प्रणाली लागू गरेको बताएका छन् । उनले नयाँ प्रणालीमा १५ दिनभित्र सेवाग्राहीले भिजिट डेट पाउनेगरी सेवामा सुधार गरेको दाबीसमेत गरेका छन् ।

विभागमा महानिर्देशक हेरफेर हुने गरे पनि त्यहाँको समस्या भने समाधान हुने गरेको छैन । सेवाग्राहीले लाइसेन्स परिक्षा पास गरेको दुई वर्षसम्म लाइसेन्स पाउन सकेका छैनन् ।
यातायात कार्यालयमा सानो कामका लागि पनि सेवाग्राहीले घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको छ । सरकारी ढिलासुस्तीका कारण सेवा पाउन घण्टौं लाइन बस्नुपर्ने र समयमा सेवा पनि उपलब्ध नहुने सेवाग्राहीको गुनासो रहेको छ ।

सेवाग्राहीले यातायात कार्यालयमा बिचौलियाको बिगबिगी हुने गरेको र सेवाग्राहीलाई भन्दा उनीहरूको कामलाई प्राथमिकता दिने गरेको गुनासोसमेत गरेका छन् ।

राजधानी दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.