भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

फेरि आयो कुखुराबाट सर्ने अर्को भाइरस, सावधानी नअपनाउँदा मृत्युसमेत हुनसक्ने चेतावनी


  • जेष्ठ ९, २०७८
  • 532 Views
फेरि आयो कुखुराबाट सर्ने अर्को भाइरस, सावधानी नअपनाउँदा मृत्युसमेत हुनसक्ने चेतावनी image

काठमाडौं । कोरोना महामारीले विश्व नै आक्रान्त भएका बेला अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० का अनुसार मानिसहरूमा साल्मोनेलाको प्रकोप देखिएको हो । यो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिइएको छ । साल्मोनेला जीवाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ । अधिकांश व्यक्तिहरू उपचारविना पनि निको हुन्छन्, तर अधिक गम्भीर अवस्थालाई मृत्युको मुखमा पुर्याउन पनि सक्छ ।

संयुक्त राज्य अमेरिकाले ४३ राज्यका १६३ जना बिरामीमा गरेको अनुसन्धानमा यसको संक्रमण पुष्टि भएको हो । सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा यो अनुसन्धान गरेको हो । स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन । त्यसो नगर्दा यसका कीटाणुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ । राजधानी दैनिकबाट ….

 


Thali Mobile Pvt.Ltd.