भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


  • फाल्गुन ५, २०७७
  • 787 Views
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य image

काठमाण्डाैं । नेपाल आयल निगमले एक साता बित्न नपाउँदै पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । इन्डियन आयल कर्पाेरसन (आईओसी)ले १६ फेब्रुअरीमा पठाएको मूल्य बढेर आएको भन्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको छ । निगमले डिजेल, मटीतेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा २ रुपैयाँ मूल्य बढाएको हो ।

यसअघि एलपी ग्यासको मूल्य बढाए पनि यसपटक भने यथावत राखिएको छ । निगमले इन्धनको मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणालीअनुसार मूल्यवृद्धि गरिएको जानकारी दिएको छ । नयाँ मूल्यअनुसार डिजेल-मटीतेल प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ भने पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ र हवाई इन्धन आन्तरिक प्रतिलिटर ६७ रुपैयाँ पुगेको छ ।

मूल्य समायोजनपश्चात पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ १३ पैसा र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिण्डर २९५ रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ । मूल्य समायोजन गर्दा पनि १५ दिनमा ८६ करोड ७८ लाख घाटा रहेको निगमले दावी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएको भन्दै निगमले एक साताअघि इन्धनको मूल्य बढाएको थियो । मूल्य समायोजन गर्दा पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ र डिजेल प्रतिलिटर ४१ रुपैयाँ सस्तो रहेको निगमको दावी छ ।

यता, निगमको मूल्य स्थिरीकरण कोषमा ११ अर्ब रुपैयाँ संकलन भएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा त्यसको सबै भार उपभोक्तामा पर्न नदिन कोष स्थापना गरेको हो । हाल निगमको घाटा बढ्दै गएको तथा सोही अनुपातमा मूल्य बढाउन सम्भव नभएकाले स्थिरीकरण कोषको रकम उपयोग हुने भएको छ । कोषमा विगत ६ वर्षको अवधिमा यो रकम जम्मा भएको हो । स्वचालित मूल्यमा उपभोक्ता बढी मारमा पर्ने भन्दै कोषमा पेट्रोलियम पदार्थ बिक्रीबाट एक प्रतिशतका दरले उपभोक्ताबाट संकलन गरेर १० अर्ब ६२ करोड रुपैयाँ जम्मा गरेको निगमले जानकारी दिएको छ । डिजेल, पेट्रोल, मटीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास बिक्रीबाट रकम जम्मा गर्दै आएको छ ।

समाचार आजको कारोबार दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.