भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बझाङमा नुन पाउनै सास्ती


  • श्रावण ३, २०८०
  • 179 Views
बझाङमा नुन पाउनै सास्ती image

बझाङ । थलारा गाउँपालिका–९ फकालीबाट आइतबार सहुलियतको नुन लिनका लागि जयबहादुर विष्ट, नन्नुदेवी विष्टलगायतका व्यक्ति सदरमुकाम चैनपुरमा पुगे । असार सकिएपछि नुन लिनका लागि चैनपुर पुगेका उनीहरूले सय रुपैयाँको ५ पोका नुन मात्रै पाए । बझाङको डिपोबाट आइतबार मात्रै सहुलियतको नुन बिक्री वितरण गरिन्छ । नुन वितरणमा दुरूपयोग भएको गुनासो आएपछि साताको एक दिन आइतबार मात्रै नुनको बिक्री वितरण गरिन्छ ।

तर, नुन लिनकै लागि सदरमुकाम चैनपुर आउँदा यातायात र खाजा खर्च जोड्दा उनीहरू हरेकको हजारदेखि १ हजार ५ सय रुपैयाँभन्दा बढी खर्च भइसकेको थियो । नुन लिनका लागि उनीहरू घण्टौं लाइनमा बसेका थिए । तर, उनीहरूले पाए जम्मा पाँच पोका । नुन सकिएको भन्दै उनीहरूलाई पाँच पोकामै चित्त बुझाउन बाध्य पारिएको थियो ।

त्यसो त जयबहादुरले धेरै नुन किन्ने सोचेका थिएनन् । उनको अन्तरमनलाई धेरै पाइँदैन भन्ने थाहा थियो । उनको विगतको अनुभवले त्यही भन्थ्यो । ३ सय रुपैयाँबराबरको १५ पोकासम्म पाइन्छ भन्ने उनले सोचेका थिए तर, १५ पोका पनि नपाएपछि उनी निराश बनेका छन् । ‘नुन सकिएको भन्दै ५ किलोभन्दा बढी दिन मानेनन्,’ जयबहादुरले भने, गाडीभाडा र खाजा खर्च सबै गरेर १ हजार ५ सय रुपैयाँ खर्च भयो ।’

पर्याप्त नुन नपाउँदा चैनपुर आएकामा उनलाई पश्चाताप लागेको छ । ‘बेकारमा चैनपुर आइएछ,’ जयबहादुरले पश्चाताप मान्दै भने, ‘सहुलियतको नुन किन्नुु भन्दा घरनजिकैको भाँडेबजार, तमैल बजार, बगडगाउँबाट किनेको भए समयको नि वचत हुने, भने जति लिन पनि पाइने र पैसा पनि त्यति खर्च नहुने रहेछ ।’ थलारा–४ की ६० वर्षीया एकल महिला धर्मादेवी सिंहसमेत सहुलियतको नुनकै लागि भनेर सदरमुकाम चैनपुर गएकी थिइन् ।

बालुवा चालेर र गिट्टी कुटेर जम्मा गरेको सानो रकमले अनुदानमा पाइने नुन किन्ने आशाले चैनपुर पुगेकी उनले पनि ५ केजी मात्रै नुन पाइन् । उनले त्यहाँ नुन वितरण ९उपलब्ध० गराउने कर्मचारीलाई २० पोकासम्म दिन बारम्बार अनुरोध गरिन् तर कर्मचारीले मानेनन् । ‘नुन सकिन लागेको छ, अहिले यति लानुस्, यसभन्दा बढी पाइँदैन,’ कर्मचारीको जवाफले उनी निराश बनिन् ।

६ महिना वा वर्ष दिनका लागि नुन लिएर जाने उनको योजना थियो । तर, भने जति नपाउँदा बेकारमै सहुलियतको नुन लिन आइयो भनेर उनलाई पनि लागेको छ । ‘घरदेखि चैनपुरसम्मको र चैनपुरदेखि घरसम्मको गाडीभाडा मात्रै ८ सय ५० रुपैयाँ लाग्यो अनि खाना, नास्ताको जोड्दा १ हजार ५ सय रुपैयाँभन्दा बढी खर्च हुन गयो,’ उनले भनिन्, ‘सस्तोमा नुन पाउने आशले नै चैनपुर पुगेकी थिएँ तर भनेजति नुन पाउन मुस्किल रहेछ, पाँच किलोमै चित्त बुझाउनुप¥यो ।’

यो पीडा उनीहरूको मात्रै नभएर सबै बझाङवासीको हो । नुन अपुग हुने भन्दै साल्ट ट्रेडिङ डिपो कार्यालय बझाङले प्रतिपरिवार ५ किलो मात्रै नुन दिन सुरु गरेको छ । सो कार्यालयले ५ किलो नुन वितरण गर्न सुरु गरेको दुई महिना भयो । भने जति नुन दिएको खण्डमा बझाङमा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिनुपरेको साल्ट ट्रेङिङ डिपो कार्यालय बझाङका डिपो प्रमुख नरबहादुर भाटले बताए ।

सरकारले बझाङका लागि सुरुमा ४ हजार क्विन्टल सहुलियतको नुन उपलब्ध गराएको थियो । त्यसपछि घटाएर ३ हजार क्विन्टलमा झा¥यो । अहिले त्यसबाट पनि घटाएर २ हजार ६ सय क्विन्टल दिने गरेको छ । ‘वर्षैपिच्छे सरकारले अनुदानको कोटा घटाउँदै लगेको छ, यसको मारमा बझाङवासी परेका छन्, ४ हजार क्विन्टल हुँदा निकै सहज भएको थियो, त्यसबेला नुनका लागि लाइनमा बस्नुपर्ने अवस्था थिएन, अहिले त अवस्था कहालिलाग्दो छ,’ डीपो प्रमुख भाटले भने, ‘नुनको थप कोटा मागका लागि सम्बन्धित निकायमा पत्रचार गरेका छौं, थपिने, नथपिने टुंगो छैन ।’

डिपोसँग अहिले जम्मा २ सय ८२ क्विन्टल ५० किलो मात्रै नुन मौज्दात छ । गत आइतबार मात्रै ६३ क्विन्टल ५० किलो बिक्री भएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले थप नुन आवश्यक परेको भन्दै तालुक निकायसम्म कोटा माग गरेर निर्णयसहित पत्रचार गरिएको बताए ।

यहाँका बासिन्दाले अनुदानमा आएको आयोडिनयुक्त नुन पशुचौपायालाई दिने, एकै व्यक्तिले पटकपटक लिने, आफन्त बाहिरी जिल्लामा छन् भने अनुदानमा नुन किनेर पठाउनेजस्ता गुनासा आएपछि साताको एक दिन आइतबार मात्रै नुन बिक्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । उनले एक परिवारलाई ५ किलो मात्रै उपलब्ध गराउने निर्णय प्रशासनले गरेको पनि बताए ।

उनले २४ चैत २०७९ मा नै साल्ट टे«ङिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढी, कैलालीलाई आयोडिनयुक्त नुनको मागसहित पत्रचार गरिएको बताए । थलारा गाउँपालिका र बुंगल नगरपालिकामा थप बिक्री केन्द्र आवश्यक रहेको पनि उनको भनाइ थियो ।

चैनपुरका लागि ७ हजार, बागथलाका लागि ५ हजार तलकोटका लागि १ हजार ५ सय र काँडा बिक्री केन्द्रका लागि ७ सय क्विन्टल गरेर १४ हजार २ सय क्विन्टल नुन माग गरिएको पनि उनले प्रस्ट पारे । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.