DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बलात्कार दबाउन नेताको संलग्नता


  • आश्विन १९, २०७७
  • 348 Views
बलात्कार दबाउन नेताको संलग्नता image

सिरहा । ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर बलात्कार घटना दबाउन खोज्ने स्थानीय ‘पञ्च’ र आरोपित गरी नौ जना पक्राउ परेका छन्। उनीहरूमध्ये केही कांग्रेस र जनता समाजवादीका स्थानीय नेता छन्। विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुघ्न साह, राजकुमार साह, रामउद्गार यादव, जगवीर यादव, राजकुमार यादव र रौदी भनिने श्यामसुन्दर यादवलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।

श्यामसुन्दर स्थानीय तह निर्वाचनमा राजपाबाट वडाध्यक्षमा चुनाव लडेका थिए। जगवीर र राजकुमार यादव कांग्रेसमा आबद्ध छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको डीएसपी शालिग्राम पौडेलले बताए। स्थानीय २० वर्षीय मुकेशकुमार साहले छिमेकी १६ वर्षीया किशोरीलाई यही असोज १२ गते बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। उक्त घटना थाहा पाएपछि सुरुमा स्थानीय नेताहरूले गाउँमै मिलापत्र गर्नुपर्ने दबाब बढाएका थिए।

आरोपित मुकेशका बुवा सिंहेश्वर र शत्रुघ्नलाई ऋणी बनाएर ५ लाख रुपैयाँको कपाली तमसुक गराइएको छ। जसमा गाउँकै धनी रामगुलाम यादव, लक्षुमण यादव खडा गरिएको छ। बलात्कार घटना मिलाउन पञ्चहरूले नक्कली ऋणी र धनी खडा गरेको प्रहरी अनुसन्धानले देखाएको छ। उनीहरूले बनाएको कागज ९कपाली० पञ्चायतमा सहभागी जगवीरको जिम्मा राखिएको थियो। प्रहरीले जगवीरको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन गरेको कागज फेला परेको हो।

कपाली तमसुक बनाएर शनिबार ९१७ गते असोज०मा गाउँमा ‘पञ्चायत’ बसेको थियो। स्थानीयका अनुसार छलफल भइरहेकै बेला कुटाकुट सुरु भयो। अरूले आरोपित र उनका आफन्तलाई कुटपिट गरे। त्यसपछि मात्रै घटना प्रहरीसम्म पुगेको हो। इलाका प्रहरी विष्णुपुरको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीमा दर्ता हुने मुद्दा गाउँमा नमिलाउने, प्रहरीमा जाऊँ भनेर सम्झाउँदा पञ्चहरूले उल्टै प्रहरीलाई थर्काएको स्थानीयले सुनाए। त्यसपछि थप प्रहरी आएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार बलात्कृत बालिकाका भाइले परिवारको इज्जत गएको भन्दै रिसाएर पीडितलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते बालिकालाई आफन्तले स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराएका थिए। उनलाई थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा पु¥याइएको थियो। बालिका निको भएर असोज १६ गते घर फर्किएकी थिइन्। घरमा आएपछि पीडक पक्षले बलात्कार घटना ढाकछोप गर्न गाउँलेलाई भेला गराएर पञ्चायत बसाएको खुलेको छ।अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.