भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बहसपछि जेलेन्स्कीलाई ह्वाइट हाउसबाटै निकालियो


  • फाल्गुन १७, २०८१
  • 422 Views
बहसपछि जेलेन्स्कीलाई ह्वाइट हाउसबाटै निकालियो image

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति ट्रम्पसँगको विवादपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालिएको छ। शुक्रबार ह्वाइटहाउसमा जेलेन्स्की र ट्रम्पबीच करिब १० मिनेटसम्म चर्को बहस भएको थियो।सीएनएन समाचार अनुसार बहसपछि युक्रेनी प्रतिनिधिहरू ओभल अफिसबाट निस्केर अर्को कोठामा गएका थिए। अमेरिकी टोली वार्ता स्थलमै बसेको थियो। यस समयमा ट्रम्पले उपराष्ट्रपति भान्स, विदेशमन्त्री रुबियो र एनएसए माइक वाल्ट्जसँग कुरा गरेका थिए।

छलफलको क्रममा ट्रम्पले जेलेन्स्की वार्ता गर्ने अवस्थामा नभएको बताए। यसपछि उनले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीलाई उनको जाने समय भएको भन्न लगाएको ह्वाइट हाउसका एक अधिकारीले जनाएका छन्।यी दुई अधिकारीहरू गएर जेलेन्स्की उक्त कुरा बताए। जेलेन्स्कीले उनीहरूलाई विवाद ठीक गर्न सकिने र फेरि ट्रम्पसँग वार्ता गर्ने इच्छा व्यक्त गरे । तर उनलाई त्यो अवसर दिइएन। वार्तापछि दुवै नेताको संयुक्त पत्रकार सम्मेलन पनि हुने तय भएको थियो। सो कार्यक्रम पनि रद्द गरिएको जनाइएको छ।

सुरक्षाको ग्यारेन्टी भएमात्र शान्ति सम्झौतामा सामेल हुने जेलेन्स्कीको भनाइ

बहसपछि जेलेन्स्कीले ट्रम्पसँग माफी माग्न अस्वीकार गरेका छन्। उनले सुरक्षाको ग्यारेन्टी नभएसम्म कुनै पनि शान्ति सम्झौतामा भाग नलिने बताएको सञ्चारमाध्यममा उल्लेख छ।जेलेन्स्कीले युक्रेनले रातभर रुसप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्न नसक्ने कुरा ट्रम्पले बुझ्न जरुरी भएको बताएका छन्।

जेलेन्स्कीले बहस पछि पनि ट्रम्पले युक्रेनलाई थप समर्थन देखाऊन् भन्ने चाहेको बताए। युक्रेनले कहिल्यै पनि अमेरिकालाई साझेदारको रूपमा गुमाउन नचाहने बताए। जेलेन्स्कीले युक्रेनले पूर्ण सुरक्षा ग्यारेन्टी नपाएसम्म रूससँगको शान्ति सम्झौतामा सामेल नहुने उल्लेख गरे।

जेलेन्स्की शान्ति नचाहेको ट्रम्पको आरोप

ट्रम्पले ह्वाइट हाउसबाट निस्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्की शान्ति नचाहेको बताए। ट्रम्पले पुटिन शान्तिप्रति गम्भीर रहेको दाबी गरे। युक्रेनलाई सहयोग रोक्ने प्रश्नमा ट्रम्पले अब यसले कुनै फरक नपर्ने बताए। अब जेलेन्स्कीले साँच्चै यो युद्ध अन्त्य गर्न चाहन्छन् भने मात्र उनीहरूले कुरा गर्ने ट्रम्पको भनाइ छ।

उक्त विवादपछि धेरै युरोपेली नेताहरूले जेलेन्स्कीलाई समर्थन जनाएका छन्। नर्वे, नेदरल्याण्ड्स, पोल्याण्ड, युरोपेली संघ, जर्मनी, बेलायत, क्यानडा र अष्ट्रेलिया जस्ता युरोपेली देशहरूले पनि जेलेन्स्कीलाई समर्थन जनाएका छन्।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.