भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बागमती प्रदेश : मुख्यमन्त्री अष्टलक्ष्मीले विश्वासको मत लिँदै


  • आश्विन २४, २०७८
  • 520 Views
बागमती प्रदेश : मुख्यमन्त्री अष्टलक्ष्मीले विश्वासको मत लिँदै image

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छन्। नेकपा एकीकृत समाजवादीका १३ सांसदले समर्थन फिर्ता लिएपछि शाक्य अल्पमतमा परेकी थिइन्। प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारलाई आह्वान गरिएको छ। शाक्यले विश्वासको मत पाउन भने मुस्किल छ। ५६ सांसदसहित मुख्यमन्त्री बनेकी शाक्यको पक्षमा अहिले ४३ सांसद मात्रै छन्। सरकार टिकाउन ५५ सांसद चाहिन्छ। साना दलले सघाए पनि शाक्यको पद जोगिने सम्भावना छैन।

विपक्षी दलहरूले पनि मुख्यमन्त्री टुङ्गो लगाएका छैनन्। कांग्रेसले दाबी छाडेसँगै नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्न बाटो खुलेको छ। शाक्यले विश्वासको मत प्राप्त नगरेपछि पाण्डेलाई मुख्यमन्त्री बनाउन बहुमतसहित प्रक्रिया अघि बढाउने बिपक्षी गठबन्धनको तयारी छ।

आजको अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.