भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बाबुरामको गृहनगरमा माओवादी केन्द्रको जित


  • जेष्ठ ५, २०७९
  • 430 Views
बाबुरामको गृहनगरमा माओवादी केन्द्रको जित image

गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बने ।
उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी भइन् । पालुङटार जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने उनको गृहपालिकासमेत हो । चिन्तनका प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याए ।

उपमेयरको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् । पालुङटारमा जसपा र एमालेबीच मेयर, उपमेयरमा एकले अर्कालाई सघाउने गरी चुनावको अन्तिम समयमा तालमेल भएको थियो । चुनावअघि कांग्रेसले मेयरमा जसपा उमेदवारलाई सघाउन निर्देशन दिए पनि स्थानीय असन्तुष्टिका कारण कांग्रेस, जसपाबीचको गठबन्धन सफल हुन सकेन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पालुङटारको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी भएको थियो । निवर्तमान मेयर दिपकबाबु कडेंल यस पटक ४ हजार ९ सय ९७ मत प्राप्त गरी तेस्रो भएका छन् । उनी कांग्रेस तर्फका उम्मेदवार हुन् । एमालेबाट उपप्रमुख उम्मेदवार पार्वती पाठकले ४ हजार २ सय ८१ मत ल्याएकी छन् । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.