भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बालिका बलात्कारका अभियुक्तलाई दैलेख अदालतले सुनायो


  • चैत्र ३१, २०७७
  • 673 Views
बालिका बलात्कारका अभियुक्तलाई दैलेख अदालतले सुनायो image

दैलेख । बलात्कार कसुर प्रमाणित भएका एक युवकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद सजाय फैसला गरेको छ । मानसिक रुपमा अपाङ्ग रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेका दुल्लु नगरपालिका–४ का २४ वर्षीया दीपक विकलाई अदालतले १९ वर्ष कैद सजाय फैसला गरेको हो । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले उक्त फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए । बलात्कृत बालिका मानसिक रुपमा अपाङ्ग छिन् । बालिका मानसिक अपाङ्गता रहेको दुल्लु अस्पतालको रिपोर्टमा उल्लेख छ ।

अभियुक्त दीपकलाई बालिका बलात्कार कसुरमा १८ वर्ष र सुस्त मनस्थितिको बालिकालाई बलात्कार गरेको कसुरमा थप एक वर्ष गरी १९ वर्ष कैद सजाय तोकिएको श्रेस्तेदार कार्कीले जानकारी दिए । श्रेस्तेदार कार्कीका अनुसार बालिकालाई क्षतिपूर्तिस्वरूप दीपकले १ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने र पीडित राहत कोषमा दुई हजार दुई सय रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको छ । मदिरा सेवन गरेका दीपकले ती बालिकालाई घर नजिकै खेलिरहेको मौका छोपी चाउचाउ खुवाउने प्रलोभनमा पारी बाँसघारीमा लगेर जबरजस्ती करणी गरेका थिए ।

२०७६ मंसिर ३० गतेको बालिका बलात्कारको घटनामा पीडित बालिकाका आफन्तले २०७६ पुस ३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी दिएकै दिन पीडित बालिकाको दुल्लु अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । प्रहरीले अभियुक्त दीपकलाई पक्राउ गरेर अनुसन्धानपछि तयार पारेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धि अभियोग पेश गरेको थियो ।

उक्त अभियोग सम्बन्धमा थुनछेक बहसपछि अभियुक्त दीपकलाई पुर्पक्षका लागि दैलेख जिल्ला कारागारमा थुनामा राखिएको थियो । बलात्कार भए नभएकोबारे पुष्टि गर्न बालिका पीडितको भेजिनल स्वाब राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाबाट भेजिनल स्वाबको रिपोर्ट आउन ढिलाइ भएका कारण उक्त बलात्कार घटनामा एक वर्ष पछि फैसला भएको हो । अन्नपूर्णपोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.