काठमाडौं । गत साता बैंकहरूमा निक्षेप बढेको छ । केही समययता घटेको बैंकहरूको निक्षेप गत साता पुनः बढेको हो । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता ८ अर्ब र दोस्रो साता ६ अर्ब रूपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरूको निक्षेप ७ अर्ब रूपैयाँले वृद्धि भएको छ ।
निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ । मंसिर पहिलो सात अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४–१४ अर्ब रूपयाँ लगानी विस्तार गरेका छन् । १७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्ब २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ ।
बैंकमा निक्षेप संकलन सामान्य बढे पनि तरलता दवाब भने उस्तै रहेको छ । नेपाल राष्ट्र बैैंकका अनुसार अहिले बैंकिङ क्षेत्रको सीडी रेसियो ९निक्षेप र कर्जा अनुपात० राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि पुगेको छ । सोमबार यस्तो रेसियो ९०।८८ प्रतिशत पुगको राष्ट्र बैंकले जानकारी दिएको छ । राजधानी दैनिकबाट….
