भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा


  • कार्तिक ७, २०७८
  • 478 Views
बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा image

काठमाडाैं । नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असार मसान्तसम्ममा सिडी अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने बताएको छ । तर पनि बैंकहरुले सिडी अनुपात ९० प्रतिशत बढाएर कर्जा लगानी गर्दा आफंैलाई असुविधा हुने कारण सचेत रहेका छन् । “स–साना कर्जा मात्र स्वीकृत भइरहेको छ,” एक बैंकका सीईओले भने, “निक्षेप नथपिएसम्म सहज रुपमा लगानी बढाउन सक्ने अवस्था छैन ।”

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल भने बैंकले कर्जा दिन बन्द नगरेको बताउँछन् । “तरलता अभाव चर्को भएका बैंकहरुले कर्जामा कडाइ गर्नुभएको होला,” उनले भने, “अधिकांश बैंकहरुले लगानी गरिरहेका छन् ।”
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुमा पुँजी, कर्जा र निक्षेप (सिसिडी) अनुपात हटाएर कर्जा र निक्षेप (सिडी) अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको हो । यस व्यवस्थापछि बैंकहरुले पुँजीबाट कर्जा दिन नपाउने भए पनि निक्षेप बढाउनका लागि व्याजदरमा प्रतिस्पर्धा भएको थियो ।

बैैंकहरुको प्रतिस्पर्धाका कारण वाणिज्य बैंककै ब्याजदर १२ प्रतिशत नजिक पुगेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । गत मंगलबार निर्देशनमार्फत १० प्रतिशतभन्दा बढी वा कम ब्याज परिवर्तन गर्न नपाइने व्यवस्था गरेपछि बैंकहरुले एकल अंकमा ब्याजदर तोकेका छन् । तर, ब्याजदर बढाउँदैमा नयाँ निक्षेप सिर्जना नहुने बंैकरहरु नै बताउँछन् । “विगतको उदाहरण हेर्दा पनि ब्याजदर बढाउने प्रतिस्पर्धा गर्दा एक बैंकको निक्षेप अर्कोमा सर्नेमात्र हुन्छ, नयाँ निक्षेप सिर्जना हुन सहज छैन,” अर्का एक बैंकरले भने ।

चालु आर्थिक वर्षमा समयमै सरकारले बजेट खर्च गर्न नसक्नुलाई बैंकहरुमा तरलता अभावको कारण मानिएको छ । यसैगरी आर्थिक वर्षको पहिलो महिना साउनमै रेमिट्यान्सका साथै पर्यटन लगायत क्षेत्रको आम्दानी घट्नुका साथै आयात उच्च दरमा बढेपछि बैंकहरुमा तरलता अभाव बढ्दै आएको छ ।

बजारमा तरलता अभाव बढेसँगै नेपाल राष्ट्र बैंकले ओभरनाइट रिपो, बोलकबोल रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) जस्ता मौद्रिक औजारमार्फत व्यवस्थापन गर्दै आएको छ । चालु आर्थिक वर्षमा बैंकहरुले ४ सय ७४ पटक गरी ९ खर्ब ७७ अर्ब स्थायी तरलता सुविधा प्रयोग गरिसकेका छन् । यसैगरी रिपो बोलकबोलबाट एक खर्ब ६० अर्ब र ओभरनाइट रिपोमार्फत ३६ अर्ब ६८ करोड रुपैयाँ प्रयोग गरेका छन् ।
बजारमा कर्जाको माग बढेका कारण तरलता दबाबमा भए पनि बैंकहरु कर्जा विस्तारमा भने आक्रामक छन् । चालु आर्थिक वर्षको असोजसम्ममा वाणिज्य बैंकहरुले २ खर्ब ७७ अर्ब कर्जा विस्तार गरिसकेका छन् । जबकि यस अवधिमा बैंकहरुको निक्षेप ६८ अर्बले मात्र बढेको छ ।

आजको कारोबार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.