भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बैतडी बस दुर्घटना मृतक ९ जनामध्ये चारको सनाखत


  • कार्तिक २८, २०७७
  • 380 Views
बैतडी बस दुर्घटना  मृतक ९ जनामध्ये चारको सनाखत image

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका (८ खोड्पेमा गएराती दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चार जनाको सनाखत भएको छ। बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ऐरको शव बसले च्यापिएकोले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। अन्य ५ जना मृतकको पहिचान हुन सकेको छैन्। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ८ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २६ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो।

सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्। साहुसमेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्कीसमेत घाइते रहेका छन्। क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। अन्नपूर्णपोष्टबाट ……

 


Thali Mobile Pvt.Ltd.