DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ब्याट्री पसलको नाममा लागु औषधको धन्दा गर्ने युवा पक्राउ


  • जेष्ठ ३१, २०८०
  • 243 Views
ब्याट्री पसलको नाममा लागु औषधको धन्दा गर्ने युवा पक्राउ image

कपिलवस्तु । ब्याट्री पसलका नाममा लागु औषधको धन्दा गर्दैै आएका कपिलवस्तुको बाणगंगा नगरपालिका– १ बैरियाका एक युवा पक्राउ परेका छन्। उनी ब्राउन सुगर सहीत पक्राउ परेका हुन्। बैरिया स्थित एफआरएसएस कन्सर्न नामको व्याट्री पसलका मालिक स्थानीय २९ बर्षिय अजय घिमिरे ५ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका हुन्।

गोप्य सुचनाका आधारमा प्रहरीले घिमिरेको पसलमा छापा हानी सो ब्राउन सुगर सहित उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए। घिमिरेसंग सोधपुछ र घटनाको अनुसन्धान भईरहेको उनले बताए। प्रहरीले घिमिरेलाई निग्रानीमा राख्दै आएको थियो। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.