भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ब्रोकर कमिसन घटाउने पक्षमा अर्थ मन्त्रालय


  • पुष ५, २०७७
  • 710 Views
ब्रोकर कमिसन घटाउने पक्षमा अर्थ मन्त्रालय image

लामो समयदेखि सेयर ब्रोकर कमिसन घटाउनुपर्ने लगानीकर्ताको मागमा अर्थ मन्त्रालयमा पनि सहमत भएको छ। कमिसन घटाउनुपर्ने लगानीकर्ताको आवाजलाई साथ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बद्ध निकायलाई कमिसन घटाउन निर्देशन दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित सम्बद्ध पक्षको बैठकमा पौडेलले कमिसन घटाउने निर्णय गरी कार्यान्वयनमा लैजान निर्देशन दिए ।

उनले कमिसन घटाउने निर्णयमा विलम्ब नगर्न भनेका छन्। पौडेलले पुँजी बजार विस्तार भइरहेको उल्लेख गर्दै अहिलेका समस्या समाधान गर्न समयतालिका बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पुँजी बजारको विकासका लागि चालु वर्ष नै कमिसन घटाउने निर्णय गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन्।

ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि उनको जोड छ। बैठकमा मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य सहभागी थिए। त्यस्तै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको बैठकमा सहभागिता थियो।

लगानीकर्ताले लामो समयदेखि कमिसन घटाउनुपर्ने माग दोहोर्‍याउँदै आएका छन्। केही समयअघि धितोपत्र बोर्डले गरेको एक अध्ययनले पनि ब्रोकर कमिसन घटाउनुपर्ने देखाएको थियो। उक्त अध्ययनपछि बोर्डले कसिमन घटाउने तयारी थालिसकेको प्रवक्ता निरज गिरीले बताए। कमिसन कति घटाउने र कहिले अन्तिम निर्णय गर्ने भन्नेमा भने छलफल भइरहेको उनको भनाइ छ।

ब्रोकर कमिसन घटाउनुका साथै लगानीकर्ताले मर्चेन्ट बैंकिङलाई सेयर कारोबार दिनुपर्ने माग उठाउँदै आएका छन्। हाल ५० वटा ब्रोकरले मात्र कारोबार गर्दा लगानीकर्ताले लाभ लिन नसकेको गुनासो छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकरले विगतमा १५ करोड रूपैयाँको कारोबार गर्दा र अहिले कारोबार बढेर सात अर्ब रूपैयाँ पुग्दा एउटै कमिसन लिनु जायज नभएको बताए। नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.